२० असार २०८३, शनिबार
,
Latest
काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित भएको घोषणा सरकारका १०० दिनः अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल ‘प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध छ’ सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम एक सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भएको छः मुख्यसचिव अर्याल सन् २०३५ सम्म पाँचवटा एकीकृत आरोग्य केन्द्र स्थापना गरिने संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने सरकारको १०० दिनः जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज बागमती प्रदेशसभाबाट दुई विधेयक बहुमतले पारित सरकारका १०० दिनः नीतिगत सुधारमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखापत्रका अध्यक्ष भण्डारी दिए पदबाट राजीनामा



अ+ अ-

काठमाडौं । गोरखापत्र संस्थानका अध्यक्ष कृष्णमुरारी भण्डारीले पदबाट राजीनामा दिनुभएको छ । सरकार परिवर्तन भएसंगै भण्डारी अध्यक्ष पदबाट राजिनामा दिएका हुन् । 

भण्डारी २०७५ असोजमा चार वर्षका लागि नियुक्त हुनुभएका भएका थिए । सञ्चार मन्त्रालयका सचिव हरि बस्यालमार्फत सञ्चारमन्त्रीसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवालाई भण्डारीसंगै सल्लाहकार सम्पादक गोपाल खनालले राजीनामा बुझाउनुभएको हो ।

आफ्नो १५ महिना कार्यकाल बाँकी छँदै गोरखापत्र छोड्ने निर्णयमा पुग्नुभएका भण्डारीले सरकारी सुविधाका रुपमा पाएको गाडी,ल्यापटप र मोबाइल बुझाएर घर फर्किनुभएको हो । भण्डारीले नयाँ सरकारसँगै नयाँ प्राथमिकता आउने भएकाले बाटो खुला गरेको बताउनुभयो । 

गोरखापत्रको व्यवस्थापकीय सुधारका लागि अप्ठेरो अवस्थाका बीच आफ्नो झण्डै ३ वर्षे कार्यकाल सफल भएको उहाँले बताउनुभयो । कार्यकालको सफलता सुनाउँदै भन्नुभयो, ‘म आउनुअघि फोहोरको डङ्गुर थियो,त्यसलाई सफा गरेर यहाँसम्म ल्याइपुर्याएको छु । व्यवस्थापकीय सुधारका दृष्टिले त क्रान्ति नै भएको छ ।’