२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

राज्यले अभिभावकको जिम्मेवारी लिनुपर्छ : निगम व्यवस्थापन

राज्यले अभिभावकको जिम्मेवारी लिनुपर्छ : निगम व्यवस्थापन
अ अ+ अ-

काठमाडौं । नेपाल वायुसेवा निगमको व्यवस्थापनले निगमलाई सुधार नगरी अहिलेकै अवस्थामा अघि बढाउन खोजिएमा धराशायी हुने जनाउँदै राज्यलाई तत्कालै अभिभावकको भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।

विश्वका अरु विमान कम्पनीसँग प्रतिस्पर्धाका लागि सुधारका ठोस आधारसहित कर्मचारीका सोचमा परिवर्तन ल्याएर कामप्रति थप जिम्मेवार नबनाएसम्म निगम आर्थिकरुपमा झनझन ओरालोतर्फ लाग्ने सुनिश्चित भएकाले राज्यले अभिभावको जिम्मेवारी  निर्वाह गर्न आवश्यकता औँल्याइएको हो । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले निगम अहिले जुन अवस्थामा छ, यही अवस्थामा  रहने हो भने जस्तोसुकै नेतृत्व र व्यवस्थापन आए पनि चल्न नसक्ने जानकारी दिनुभयो ।

दुई दशकअघिसम्म मुलुकमा रहेका संस्थानमध्ये अब्बल मानिएको निगम कमजोर व्यवस्थापन र राजनीतिक हस्तक्षेपबाट दिनानुदिन धराशायी बन्दै गएकोमा चिन्ता व्यक्त गरिएको छ । कोरोना सङ्क्रमणपछि  निगमले प्रदान गरिरहेको सेवा, कर्मचारी आन्दोलन र सुधार योजनाबारे समितिले आज निगम व्यवस्थापनसँग जानकारी लिएको हो ।

महाप्रबन्धक पौडेलले भन्नुभयो, “निगम सञ्चालन कुन ढाँचा र प्रणालीमा गर्ने भन्ने सोच अघि बढाउनासाथ कर्मचारी सङ्गठनबाट आन्दोलन भएको छ, यसबाट नेतृत्व, विमान चालक र कर्मचारीले काम अप्ठेरो भएको छ, यसप्रति गम्भीरतापूर्वक समितिको ध्यानाकर्षण गराउँछु । अत्यावश्यक सेवा भएकाले खोप लिन जानुपर्नेछ, वार्ता र सहमतिको सँगै सेवालाई अवरोध नहुने सुनिश्चिता गर्न यहाँबाट निर्देशन जाओस् ।”

चीनबाट प्राप्त भएका जहाज जति चलायो त्यति नै घाटा भएको र ती विमान चलाउने कि के गर्ने भन्ने सन्दर्भमा अध्ययन गर्न गठिन समितिले नचलाउन सुझाव दिएको पनि सो अवसरमा जानकारी दिइयो छ ।

ती चिनियाँ जहाज पाँच वर्ष सञ्चालनमा ल्याउँदा रु दुई अर्ब ४० करोड घाटा भएपछि उडान स्थगित गरिएको थियो । निगमले ती विमानका पार्टपूर्जा र चालक व्यवस्थापन गर्न निकै चुनौती रहेको जानकारी दिएको छ । निगमले आफ्ना विमानका लागि आवश्यक हवाई इन्धन खरिदबापत नेपाल आयल निगमसँग वार्षिक करिब रु दुई अर्ब भुक्तानी गर्दै आएको छ ।

निगमले यात्रुबाट तोकिएको भाडाभन्दा बढी असुली गरेको आरोपको खण्डन गर्दै महाप्रबन्धक पौडेले भन्नुभयो, “केही गन्तव्य मुलुकमा बाध्यात्मक परिस्थितिका कारण एकतर्फी यात्रु रहेकाले सहमतिकै आधार टिकट काटेर यात्रु ल्याएकोबाहेक नियमितमा बढी पैसा लिइएको छैन ।” निगमले विश्वका नौ गन्तव्यमा उडान भर्दै आएको छ । समितिका सदस्य राजभण्डारीले सरकारले निगमलाई कम्पनीमा परिणत वा निजीकरण गर्ने किन निर्णय ग¥यो तथा पीडित कर्मचारीले उठाएको विषय र आन्दोलन के हो भन्नेबारेमा निगम नेतृत्वसँग जानकारी माग गरिएको बताउनुभयो ।
 
उहाँले भन्नुभयो, “चिनियाँ जहाज सञ्चालनमा देखिएको समस्या र लिनुपर्ने कदम, सदनबाट अपेक्षा गरिएको निर्देशनबारे जानकारी प्राप्त भएको छ । यो संस्थालाई बलियो बनाएर लैजान सकियोस् ।” कोभिड–१९ का बेला जनतालाई राहत र सेवा सुविधा दिनुपर्नेमा मनपरी गरेर बढी मूल्यमा टिकट बिक्री गरेको भन्ने सेवाग्राहीको गुनासोबारे जानकारी लिँदै नाजायज फाइदा लिने उद्देश्यले गल्ती गर्नेलाई कारवाहीको दायरामा लिन आवश्यक सूचना र कागजात उपलब्ध गराउन पनि समितिले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल र निगम महाप्रबन्धकलाई निर्देशन दिएको छ । स्वास्थ्य मापदण्ड र क्वारेन्टिन शुल्कसमेतका आधारमा यात्रुले कतिपय गन्तव्य मुलुकमा टिकट महँगो भएको गुनासो गरेको हुनसक्ने सो अवसरमा जानकारी दिइयो ।
 
समितिका सदस्य प्रेमप्रसाद तुलाचनले विगतमा निकै ठूलो इज्जत प्रतिष्ठा कमाइरहेको निगमलाई धराशायी बनाउन हालसम्मका प्रायः सबै सरकार जिम्मेवार रहेको बताउनुभयो ।  मुक्तिनाथजस्तो प्रसिद्ध तीर्थस्थलको दर्शनका लागि यात्रामा आउने पर्यटकलाई जोमसोमसम्म पु¥याउन राष्ट्रिय ध्वाजाबाहक विमानले सेवा पु¥याउँदा निगमलाई पनि ठूलो परिमाणमा डलर र भारतीय मुद्रा प्राप्त हुने अवसरलाई राज्यले पनि सदुपयोग गर्न नसकेकोप्रति समितिमा गुनासो व्यक्त गरियो ।
 
सांसद तुलाचनले भन्नुभयो, “सरकारका मन्त्रीबाटै निगम धराशायी बनेको हो । समृद्धि र सुशासन ल्याउन मुहान सफा हुनुपर्छ, हाम्रो रोग भनेकै भ्रष्टाचार हो । निगमले विगतमा धरै दुर्गम ठाउँमा सेवा दिँदै आएको मात्र होइन, ठूलो सम्मान र भरोसा थियो, अहिले त्यो अवस्था रहेन ।”