२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

बैंक तथा वित्तीय संस्थासँग मिलेर काम गर्छौँ : अर्थमन्त्री

बैंक तथा वित्तीय संस्थासँग मिलेर काम गर्छौँ : अर्थमन्त्री
अ अ+ अ-

काठमाडौं । उद्यमशीलताको विकास, उत्पादन तथा रोजगार प्रवद्र्धनमा बैंक तथा वित्तीय संस्थाले खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै अर्थमन्त्री जनार्दन शर्माले सरकारले यस क्षेत्रको माग सम्बोधन गर्ने बताउनुभएको छ । 

बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपालको प्रतिनिधिमण्डलसँग आज भएको भेटमा अर्थमन्त्रीले परिसङ्घका तर्फबाट प्रस्तुत गरेका रायसुझाव समय सान्दर्भिक एवं सकारात्मक रहेको भन्दै विस्तृत अध्ययन तथा छलफल गरेर कार्यान्वयनमा ल्याउने बताउनुभयो । 

सामाजिक उत्तरदायित्वअन्तर्गत रकमलाई उच्चतम उपयोग गर्नका लागि परिसङ्घसँग सहकार्य गर्न अर्थ मन्त्रालय सकारात्मक रहेको मन्त्री शर्माको भनाइ थियो । अर्थमन्त्रीले अर्थ मन्त्रालयमार्फत तयार भइरहेको श्वेतपत्र जारी हुनुअगावै परिसङ्घसँग थप छलफल गरी सार्थक निष्कर्षमा पु¥याइने आग्रह गर्नुभयो । प्रतिनिधि मण्डलले कोरोना सङ्क्रमणका कारण थलिएको अर्थतन्त्र र त्यसले सिर्जना गरेको वर्तमान विषम् परिस्थितिका विषयमा अर्थमन्त्रीलाई जानकारी गराउँदै मन्त्रालयले सम्बोधन गर्न आग्रह गरेको थियो । 

परिसङ्घका अध्यक्ष पवनकुमार गोल्यानले कोभिड–१९ र बाढीपहिरोको प्रभावबाट शिथिल बनेको अर्थतन्त्रलाई माथि उकास्न र समग्र आर्थिक गतिविधिलाई चलायमान बनाउन अर्थ मन्त्रालय र निजी क्षेत्रबीच सहकार्य गर्ने विषय बताउनुभयो । बैंक तथा वित्तीय क्षेत्रमा लागेको कर्पोरेट कर अन्य उद्योग–व्यवसायसरह २५ प्रतिशत बनाउनुपर्ने, सरकार तथा सरोकारवाला नियामक निकायमा गठन हुने बोर्ड, समिति, कार्यदललगायतमा सिविफिनको संस्थागत प्रतिनिधित्व गरिनुपर्ने माग गरेको छ । 

सामाजिक उत्तरदायित्वअन्तर्गतको रकमबाट अर्थ मन्त्रालयसँगको सहकार्यमा उपयुक्त उद्यमको छनोट, वित्तीय लगानीको उपलब्धताजस्ता उद्यमशीलता विकाससम्बन्धी तालीम सातै प्रदेशमा सञ्चालन गरी झण्डै १० हजार नयाँ उद्यमीको उत्पादन गर्दै रोजगारीका अवसर सिर्जना गर्ने एक बृहत् रणनीतिक योजनाका विषयमा विशेष जोड दिइएको छ ।