५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिरोइजमले मात्र देश बन्दैन



अ+ अ-

हामी एक्काइसौं शताब्दीको सूचना प्रविधिको युगमा छौ।सरकारका भित्री र बाहिरी सबै घटना सीमान्त जनतालाई थाहा हुन्छ।

सरकारका ठूलाठूला आश्वासन सुनिरहँदा सीमान्त जनता प्रश्न गर्छन् के यहि सरकार हो ? हिजोअस्ति भोट दिएका जनता फेरि पनि उही पुनरावृत्ति हुनेहोकी भन्ने आशंकामा छन्। सुधार भित्र प्रवेश गर्ने प्रयास कतैबाट देखिँदैन।

अहिले स्थानीय तहदेखि संघीय सरकार सम्म सबैको अष्टचार विरोधी आवाज सुनिन्छ। तर भ्रष्टाचार रोकिएको छैन। रोकिदैन। किनकि भ्रष्टाचार सञ्जाल भइसकेको छ। हामीले खाने दालभात तरकारी देखि लगाउने कपडामा भ्रष्टाचार छ। यसलाई रोक्न कसले ? एउटा पसल र अर्को पसलमा सामानको मुल्य परक छ।

डीडीसीले दुध गाउँमा ४३ रुपिया प्रति लिटरमा किन्छ र ९० रुपैयाँमा काठमाडौंमा बिक्री गर्छ। किसानबाट झण्डै ५० रुपियाँ प्रतिलिटर नाफा स्वयं सरकारले खान्छ। यसकालागि घरघरमा डिडिसी पुग्दैन यहाँसम्म ल्याउन लाई कम्तिमा कतिपय ठाउँमा किसान चार किलोमिटर सम्म दुध बोकेर हिँड्नुपर्छ। यहि हो हाम्रो उदारीकरणको अभ्यास। धादिङ ,नुवाकोट, मकवानपुर, ,काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोकबाट काठमाडौँ आइपुग्दा उत्पादनको मूल्यमा पाँच गुणा फरक पर्छ । दर्जनौं दलालहरुले नाफा कमाएका छन्। जसलाई माटोको गन्ध थाहा छैन। खुट्टा फुटेको किसान विहान बेलुकै रेडियोमा ठूला आवाज सुन्छ।म किसानलाई सुविधा दिन्छु। भ्रष्टाचार निर्मुल गर्छु ।सुन्दासुन्दै किसान निदाउँछ। र भोलिपल्ट गाउँ छोड्ने प्रण गर्छ।यसरी गाउँ रितिएका छन।अबको केही दशक पछि नेपालमा खाद्यान्न संकट निश्चित छ। भूगोल राम्रो भएर के गर्नु ?

कृषकलाई दिने अनुदान झोले कृषककोमापुग्छ ।यथार्थ कृषकले अनुदान पाउदैन। मल, औषधि, बिऊ ,असली किसानले पाउँदैन। माग्न जाँदा कर्मचारीसँग कुरै मिल्दैन। यतिधेरै कार्यविधि र निर्देशिका छन् कि यथार्थ किसानले कागज पुर्याउने सक्दैन। कर्मचारी किसानको घरसम्म जाँदैन। किनकि उसलाई त्यहाँसम्म जान जाँगर छैन ।कर्मचारीको कुरा सुनेर किसान लाटो भएर फर्किन्छ ।।यसैबीच प्रफुल्ल नेतागिरी चलेका छन् ।

पसलपिच्छे सामानको मुल्य फरक छ। सरकारले दुधको मूल्य ५० रुपैयाँ देखि १२० रुपैयाँसम्म बजारमा छ। गुणात्मकताको ख्याल कतै छैन। तरकारीको मुल्य पाँच गुणासम्म फरक छ। उदारीकरणका बहस कर्ताहरु यसैमा रमाउलान ।तर उदारीकरणको न्यानोपनले भ्रष्टाचार रोकिदैन । नजिकैको विन्दुसम्म मूल्य कायम गरेर सबैप्रकारका उत्पादन सरकारले खरीद किन नगर्ने।बाटो सबै ठाउँमा पुगेको छ। अब ति बाटाहरुमा सरकारी ट्रकहरूको आवागमन बढाउनुपर्छ। किसानका सबै उत्पादन खरिद गर्नुपर्छ।बिक्री गर्नुपर्छ। ।सरकारको मूल्यमा गुणात्मक बनाएर सबैले व्यापार गर्न सक्छन् ।उद्योग चलाउन सक्छन् । निर्यात गर्न सक्छन्।यसमा सरकारले निगरानी गर्नुपर्छ। यस्तै लथालिङ्ग तालले अब देश उभो लाग्दैन।। गर्नसक्छ ।तर सिधै उत्पादक कच्चा पदार्थबाट मूल्यवृद्धि गर्नु दलाली तन्त्र हो ।भ्रष्टाचार हो। यसमा सरकार अहिले मुकदर्शक बनेर बसेको छ। उत्पादक रोइरहेका छन।अनि हामी सुशासन समृद्धि र विकासका कुरा गर्न थाक्दैनौ।

स्थानीय सरकार समेत यस विषयमा सचेत छैन । टेबलमा आएका कागज मिलाइदिनुमात्र सेवा प्रवाह होइन। प्रभावितजनतालाई सेवा दिनु असल सेवा प्रवाह हो।स्थानीय तहको व्यापार, उत्पादन, सहजीकरण गर्नु पनि सेवा प्रभाव हो। कतिपय स्थानीय तहका जनप्रतिनिधिहरुनै व्यापारको लागेका छन् ।ढुंगा बालुवाको व्यापार खुप फस्टाएको छ। पालिकाले स्थानीय उत्पादन खरिद गरेको र किसानलाई सहजीकरण गरेको समाचार सुन्न पाइँदैन ।किनकि यो झन्झटिलो काममा समय खर्च गर्ने कसैलाई जाँगर छैन।

काठमाडौँ शहरको लागि वरिपरिका १० जिल्ला उत्पादनको लागि काफी छन्। तर अरबौंको आयात भारतबाट गर्छौ। यदि सरकारले किसानका सबै उत्पादन किनिदिने हो भने ठूला व्यापारीबाट उदारीकरणको नाममा अवरोध हुनसक्छ । स्थानीय उत्पादनलाई बजारसम्म पुर्याई दिने हो भने दलाली तन्त्र धरासायी हुन्छ। तर यही दलाली तन्त्र भित्र सरकार रमाएको छ। थाहा छैन कसरी भन्नु ।सबै किसानका छोराछोरी हुन। सबैले गाउँ छोडेर पिडा अनुभूत गरेकै छन्। तर सजिलै लाफा खोज्ने पैसाको शक्तिले कसैलाई काम गर्न दिँदैन ।कर्मचारितन्त्र जाँगरिलो छैन। आँट गर्ने हो भने देश समृद्धि हुन समय लाग्दैन।

यहाँ राम्रो काम गर्ने अवसर कसैले कसैलाई दिँदैन । प्रतिदिन ३ हजारको दरले विदेशिने युवाहरु गाउँ छाड्दैछन्। गाउँ रित्तै छ। शहरीकरण बढ्दै छ ।बिकृति बढेर गएको छ। जताततै सरकारको विरोध छ। कसैले कसैको विश्वास गर्न छोडेका छन्। अब हिरोइजमले मात्र देश बन्दैन ।काम देखाउनुपर्छ। हामी कृषिप्रधान देशका जनता हौ। हाम्रो भूगोल, अर्थतन्त्र सबै कृषिमा आधारित छन।

कृषि पर्यटन जलस्रोत अहिले हाम्रा सम्पत्ति हुन् । तर यसैभित्र सबभन्दा ठूलो खराबी छ। अब हाम्रा शासकहरु यसको सुधारमा अगाडि बढ्लान। कि उही पुराना र व्यक्तिगत आरोप प्रत्यारोपमा शासन गर्दै जालान। हेर्न बाँकी छ ।अहिलेसम्म यसको सानो प्रभाव सम्म देखिएको छैन। सबैलाई हिरो हुने इच्छा मात्र देखिँदैछ।