२० असार २०८३, शनिबार
,
Latest
काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित भएको घोषणा सरकारका १०० दिनः अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल ‘प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध छ’ सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम एक सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भएको छः मुख्यसचिव अर्याल सन् २०३५ सम्म पाँचवटा एकीकृत आरोग्य केन्द्र स्थापना गरिने संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने सरकारको १०० दिनः जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज बागमती प्रदेशसभाबाट दुई विधेयक बहुमतले पारित सरकारका १०० दिनः नीतिगत सुधारमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढी प्रभावितलाई १२ लाख सहयोग



अ+ अ-

सिन्धुपाल्चोक । असार १ गतेको अविरल वर्षा र भीषण बाढीबाट प्रभावित स्थानीय तह मेलम्ची नगरपालिका, पाँचपोखरी थाङ्पाल गाँउपालिका र हेलम्बु गाँउपालिकालाई नेपाल सरकारका पूर्वसचिव सुमनप्रसाद शर्माको टोलीले आर्थिक सहयोग गरेको छ ।

मेलम्ची नगरपालिका र पाँचपोखरीलाई तीनरतीन लाख र हेलम्बुलाई छ लाख हस्तान्तरण गरिएको मेलम्ची खानेपानी विकास समितिका सामाजिक विकास विज्ञ डा शम्भुप्रसाद कट्टेलले जानकारी दिनुभयो । सो रकम मेलम्ची नपामा सोमबार नगरप्रमुख डम्बर अर्याललाई हस्तान्तरण गर्नुभयो भने पाँचपोखरी थाङपाल गापा अध्यक्ष टासी लामा काम विशेषले काठमाडौँमा रहनुभएकामा उहाँलाई भेट गरी आज हस्तान्तरण गरिएको कट्टेलले बताउनुभयो ।

सोमबार हेलम्बु गाउँपालिकालाई छ लाख रकम सहयोग गरिएको छ । सो रकम अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई सोमबार हस्तान्तरण गरिएको हो । रकम प्रदान गर्दै कट्टेलले हेलम्बुको समस्यामा सहयोगका लागि लागिपर्दा शुभेच्छुकबबाट स्वतस्फूर्त रूपमा सङ्कलित भएको रकमले सानै भए पनि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सहयोग रकम नेपाल सरकारका पूर्वसचिव शर्माको अग्रसरतामा मेलम्ची खानेपानी विकास समितिका सामाजिक विकास विज्ञ डा शम्भुप्रसाद कट्टेल र कर्मचारी ऋषिराम पौडेलको प्रत्यक्ष सहभागितामा मेलम्ची खानेपानीसँग जोडिएका व्यक्ति, संस्था, कम्पनी तथा आयोजनाका कर्मचारीबाट सङ्कलित भएको रकम हो ।