२३ जेष्ठ २०८३, शनिबार
,
Latest
विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिब्बतको पोताला दरबार चार महिनापछि सर्वसाधारणका लागि खुल्ला



अ+ अ-

एजेन्सी । चीनको दक्षिणपश्चिमी स्वशासित क्षेत्र तिब्बतस्थित ऐतिहासिक पोताला दरबार मङ्गलबारदेखि सर्वसाधारणका लागि खुला हुने भएको छ ।

कोभिड–१९ महामारीका कारण चार महिनाभन्दा बढी समयदेखि बन्द रहेको थियो ।

तिब्बतको राजधानी ल्हासास्थित पोताला दरबार सर्बसाधारणका लागि खुला भएसँगै यहाँ आउने आगन्तुकहरूले मार्च १५ सम्म निःशुल्क प्रवेश गर्न सक्ने स्थानीय प्रशासनले जनाएको छ ।

तर भ्रमणका लागि एक दिन अगावै अनलाइन रिजर्भेसन आवश्यक पर्ने राजदरबारको प्रशासनले आइतबार जारी गरेको एक घोषणामा उल्लेख छ ।

दरबार हरेक दिन बिहान ९ः३० देखि अपराह्न २ः०० बजेसम्म खुला रहनेछ । पोताला महल प्राचीन वास्तुकलाको एक नमूना हो र एक लाखभन्दा बढी सांस्कृतिक अवशेषहरूको सङ्ग्रह स्थल हो ।

पोताला दरबार सातौं शताब्दीमा तिब्बती राजा सोंगत्सा गाम्बोले निर्माण गर्नुभएको थियो भने १७ औं शताब्दीमा पाँचौं दलाई लामाले विस्तार गर्नुभएको थियो । यो दरबार सन् १९९४ मा युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश भएको थियो ।




भर्खरै