२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिब्बतको पोताला दरबार चार महिनापछि सर्वसाधारणका लागि खुल्ला



अ+ अ-

एजेन्सी । चीनको दक्षिणपश्चिमी स्वशासित क्षेत्र तिब्बतस्थित ऐतिहासिक पोताला दरबार मङ्गलबारदेखि सर्वसाधारणका लागि खुला हुने भएको छ ।

कोभिड–१९ महामारीका कारण चार महिनाभन्दा बढी समयदेखि बन्द रहेको थियो ।

तिब्बतको राजधानी ल्हासास्थित पोताला दरबार सर्बसाधारणका लागि खुला भएसँगै यहाँ आउने आगन्तुकहरूले मार्च १५ सम्म निःशुल्क प्रवेश गर्न सक्ने स्थानीय प्रशासनले जनाएको छ ।

तर भ्रमणका लागि एक दिन अगावै अनलाइन रिजर्भेसन आवश्यक पर्ने राजदरबारको प्रशासनले आइतबार जारी गरेको एक घोषणामा उल्लेख छ ।

दरबार हरेक दिन बिहान ९ः३० देखि अपराह्न २ः०० बजेसम्म खुला रहनेछ । पोताला महल प्राचीन वास्तुकलाको एक नमूना हो र एक लाखभन्दा बढी सांस्कृतिक अवशेषहरूको सङ्ग्रह स्थल हो ।

पोताला दरबार सातौं शताब्दीमा तिब्बती राजा सोंगत्सा गाम्बोले निर्माण गर्नुभएको थियो भने १७ औं शताब्दीमा पाँचौं दलाई लामाले विस्तार गर्नुभएको थियो । यो दरबार सन् १९९४ मा युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश भएको थियो ।