• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo

ब्रेन्टफोर्डसँग लिभरपुलको लज्जास्पद हार



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत ब्रेन्टफोर्डले जित निकालेको छ । गएराति भएको खेलमा ब्रेन्टफोर्डले लिभरपुललाई ३–१ गोलले पराजित गरेको हो ।

खेलको १९ औं मिनेटमा लिभरपुलका इब्राहिमा कोनाटेले आत्मघाती गोल गरेपछि खेलमा ब्रेन्टफोर्डले सुरुवाती अग्रता बनायो । ४२ औं मिनेटमा योआने वीसाले गोल गर्दै ब्रेन्टफोर्डको अग्रता दोब्बर पारे ।

५० औं मिनेटमा एलेक्स ओक्सालेड चाम्बरलीनले गोल गर्दै लिभरपुललाई १–२ को स्थितीमा ल्याए । यता, ८४ औं मिनेटमा ब्रायन एम्बेउमोले गोल गर्दै ब्रेन्टफोडलाई ३–१ को जित दिलाए ।

यो नतिजासँगै १७ खेलबाट २८ अंकसहित लिभरपुल छैटौं र १८ खेलबाट २६ अंकसहित ब्रेन्टफोर्ड सातौं स्थानमा छन् ।