२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

दुई न्यायाधीशबीच राय बाझिँदा मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने

दुई न्यायाधीशबीच राय बाझिँदा मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने
अ अ+ अ-

काठमाडौं । कालीगण्डकी डाइभर्सन बहुउद्देश्यीय परियोजना तत्काल रोक्ने वा नरोक्ने भन्ने विवादमा सर्वोच्च अदालतमा दुई न्यायाधीशबीच राय बाँझिएको छ । न्यायाधीशबीचको राय बाझिएसँगै अब सो मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । अब यो मुद्दामा तीन जना न्यायाधीशको पूर्ण इजलासमा सुनुवाइ हुनेछ ।

सार्वजनिक सरोकारको विषयमा परेको सो रिटमा तीनपटक आदेश जारी भइसकेको छ । अधिवक्ता सन्तोष भण्डारी, रामबहादुर शाही र तुलसीराम पोखरेलले दायर गरेको रिटमा सोमबार न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र हरिप्रसाद फुयाँलको संयुक्त इजलासमा सुनुवाइ भएको थियो । अन्तरिम आदेश जारी गर्ने विषयमा दुई न्यायाधीशबीच मत बाँझिएपछि सो मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने भएको हो ।

न्यायाधीश राउतले आयोजना तत्काल रोक्न अन्तरिम आदेश जारी गरे पनि न्यायाधीश फुयाँलले भने धार्मिक महत्व नघटाई आयोजना निर्माण गर्न सकिने भन्दै अन्तरिम आदेश जारी नहुने भनेका छन् ।

न्यायाधीश राउतले आफ्नो रायमा भनेका छन्, ‘विपक्षीका नाममा अन्तरिम आदेश जारी भइसकेको परिप्रेक्ष्यमा प्रस्तुत रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म कालीगण्डकी नदीको प्राकृतिक बहावलाई डाइभर्सन (पथान्तरण) नगर्नु तथा जलवायु/पर्यावरण प्रतिकूल हुने कुनै काम कारबाही नगर्नू एवं कालीगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजना सञ्चालन नगर्नू ।’

न्यायाधीश हरिप्रसाद फुयाँलले न्यायाधीश राउतको आदेशमा फरक मत राखेका छन् । ‘कालीगण्डकी नदी प्राग ऐतिहासिक रहेको र यसमा प्राप्त गरिने शालिग्रामले पृथ्वीका प्राणीको उत्पतिभन्दा पहिलेका वस्तुगत प्रमाण अन्तर्निहित रहेको र विशेषत धार्मिक रूपमा सो नदीको पवित्रता र ज्ञान तथा भक्ति मार्गमा लाग्ने र मोक्षको खोजी गर्ने व्यक्तिहरूको यौगिक स्थल मात्र नभई दूधकुण्डदेखि त्रिवेणीसम्म विभिन्न आश्रम, धाम, स्थलहरू भई नै महत्वपूर्ण कुरामा पर्याप्त अध्ययन, अनुसन्धान नगरी नदी नै डाइभर्सन गर्ने नाममा कालीगण्डकी नदीको स्वाभाविक बहाव र स्वरूप कसैले पनि बिगार्न र परिवर्तन गर्नुहुँदैन,’ फुयाँले आदेशमा भनेका छन् ।

नदी भनेको प्राकृतिक स्रोत पनि हो र सम्पदा पनि हो । सदियौंदेखि यस नदीसँग जोडिई आएको प्रकृति, संस्कृति र सभ्यता वास्तवमा हाम्रा धरोहर नै हुन् । यिनलाई क्षतविक्षत हुन दिनुहुँदैन । सबैले मिलेर यसलाई जोगाउनु, बचाउनु र संरक्षण गर्नुपर्छ । हाम्रो आस्था, प्रकृति र वातावरणका सम्बन्धमा निम्नानुसारको संवैधानिक तथा कानुनी व्यवस्था रहेको देखिन्छ : धारा २६. धार्मिक स्वतन्त्रताको हकः (१) धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आफ्नो आस्थाअनुसार धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता हुनेछ । (२) प्रत्येक धार्मिक सम्प्रदायलाई धार्मिक स्थल तथा धार्मिक गुठी सञ्चालन र संरक्षण गर्ने हक हुनेछ । तर, धार्मिक स्थल तथा धार्मिक गुठीको सञ्चालन र संरक्षण गर्न तथा गुठी सम्पत्ति तथा जग्गाको व्यवस्थापनका लागि कानुन बनाई नियमित गर्न बाधा पुगेको मानिने छैन, आदेशमा भनिएको छ ।

संविधानको धारा २६ सँग प्रत्यक्ष रूपमा सम्बन्धित विषय भएकोमा विवाद देखिँदैन । त्यस्तै सो नदीको बहाव क्षेत्रमा वातावरणीय प्रभाव क्षेत्र रहेको, सिँचाइ तथा जीविका अन्तर्निहित रहेको र जैविक विविधताको प्रचुरता रहेको र कालीगण्डकी नदी क्षेत्र संविधानको धारा ३० तथा उक्त नदीमा गरिने कुनै ठूला प्रकृतिको विकास आयोजनामा प्रचलित वातावरण संरक्षण ऐन कानुनको विषयवस्तु रहेकोमा पनि विवाद गर्नुपर्ने देखिँदैन, न्यायाधीश फुयाँलले आफ्नो रायमा भनेका छन्, ‘कालीगण्डकी नदीको प्राचीनता, धार्मिक र सांस्कृतिक महŒव तथा उक्त नदीसँग गहिरो रूपमा अन्तर्निहित रहेको वातावरण तथा पर्यावरणीय विविधता अन्तरपुस्ता हस्तान्तरण भई यथावत् रहनुपर्ने विषयमा पनि विवाद गर्नुपर्ने देखिँदैन ।’ ‘यद्यपि प्राचीनता, धार्मिक महत्व र आस्था तथा वातावरण र पर्यावरणलाई यथोचित संरक्षण गर्दै उक्त नदीमा कुनै आयोजना बनाउन सकिन्छ कि सकिँदैन भन्ने विषय त्यस क्षेत्रमा रहेका बासिन्दाको मात्र नभई धार्मिक आस्था, वातावरण र विकासबीचको समन्वयको विषय हो, आदेशमा भनिएको छ ।

नेपालको संविधानको धारा २६ तथा ३० मा अन्तर्निहित विषयहरूको संरक्षणको अवस्था आयोजनाको उपभोगकर्ता र नदी तटीय क्षेत्रको स्थानीय जनसहभागिताको आधारमा समेत सम्बोधन हुने भएकाले उक्त आयोजनाका प्रारम्भिक कार्यहरू नै रोक्ने गरी हाल अन्तरिम आदेश जारी गर्न मिलेन । अन्तरिम आदेश जारी गर्ने भन्ने माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउतको रायसँग सहमत हुन नसकेकाले सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २३ को उपदफा (२) (क) बमोजिम प्रस्तुत निवेदन सुनुवाइका लागि पूर्ण इजलासमा पेस गर्नू, न्यायाधीश फुयाँलको आदेशमा भनिएको छ ।

यही आदेश भने यसअघि २९ असारमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासबाट पनि आएको थियो । वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले सार्वजनिक सरोकारको विषयमा कालिगण्डकी डाइभर्सन परियोजना रोक्न माग गर्दै परेको रिटमा प्रधानन्यायाधीश राणाले अन्तरिम आदेश जारी गरेका थिए । पहिलो आदेशमा दुवै पक्षलाई छलफलमा बोलाउने आदेश जारी गर्दै लिखित जवाफ माग गरिएको थियो । सर्वोच्चले यसअघि २३ असारमा कारण देखाऊ आदेश जारी गरेको थियो । दोस्रोपटक अन्तरिम आदेश जारी भएको थियो । सोमबार सो परियोजनाको विषयमा तेस्रो आदेश जारी हुँदा न्यायाधीशद्वयबीच राय बाझिएको हो ।

कालीगण्डकी तटीय क्षेत्र राम्दीदेखि पाल्पा, स्याङजा, तनहुँ, देवघाट, चितवन, नवलपरासी, पुट्टा, बुलिङटार, डेढगाउँ, त्रिवेणीलगायत दर्जनौं बस्तीलाई प्रत्यक्ष प्रभाव पार्नेगरी ल्याएको योजना प्रथम दृष्टिमा नै असंवैधानिक र कानुनका मूल्यमान्यताविपरीत रहेको रिट निवेदकको दाबी रहेको छ

निरन्तर प्राकृतिक रूपमा बगिरहेको नदीलाई स्याङ्जाको गल्याङ नगरपालिका–१ बाट डाइभर्ट गरेर तिनाउ खोलामा झार्ने गरी अगाडि बढाउन लागिएको परियोजनाले गण्डकी प्रदेश र नदीको जलाधार क्षेत्र ९राम्दीदेखि देवघाटसम्म०का लाखौं स्थानीय बसिन्दालाई प्रभावित पार्ने रिटमा उल्लेख गरिएको छ ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।