६ श्रावण २०८३, बुधबार
,
Latest
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च काठमाडौं महानगरपालिकाको प्रशासनिक भवन निर्माणको भौतिक प्रगति ३५ प्रतिशत सुदूरपश्चिम प्रदेशः अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

इसेवा मार्फत एनसेल नम्बरमा टपअप गर्दा प्लेस्टेशन फाइभ जित्न सकिने



अ+ अ-

काठमाडौँ । नेपालको पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत एनसेलका कुनैपनि मोबाईल नम्बरमा टपअप गर्दा आकर्षक पुरस्कार जित्न सकिने भएको छ ।

इसेवा मार्फत एनसेल मोबाईलमा जनवरी महिना अवधीभर जम्मा ६ सय रूपैयाँ भन्दा बढिको टपअप गर्दा प्लेस्टेशन फाइभ जित्न सकिनेछ । यसका अलवा अन्य थुप्रै पुरस्कार जित्न सकिने अफर इसेवाले सार्बजनिक गरेको छ । साथै रू २०० भन्दा माथिको रिचार्ज गर्ने व्यक्तिले हरेक हप्ता आकर्षक उपहार जित्न सकिनेछ । यो योजना अंग्रेजी महिनाको जनवरी अन्तिम सम्म लागु हुनेछ ।

इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५५ लाख र आइओएस् मोबाईलमा करिब १० लाख गरि ६५ लाख बढि ग्राहकलाई एप्स् मार्फत सेवा प्रदान गरिरहेको छ । इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै किसिमका सहजता ल्याएको छ ।

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाईल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।