• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   अमेरिकाको न्यूयोर्कमा नेपाल डे परेड गरिँदै ★   नेपाल प्रहरीका चार एसएसपी डिआइजी बढुवामा सिफारिस ★   गौतम गम्भीर भारतको मुख्य प्रशिक्षक बन्न लागेका हुन् ? ★   सत्तापक्ष पछि हट्दै, कांग्रेस पनि गल्दै, आज सहमतिको संकेत ★   गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मुत्यु ★   इन्टरपोलमार्फत युएईबाट पक्राउ परेका दुईजनालाई नेपाल ल्याइयो ★   लखनउ जितको बावजुद प्लेअफ दौडबाट बाहिर, मुम्बई लगातार दोस्रो सिजन पुछारमा रह्यो ★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि



symbolic picture

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ । पछिल्ला दिनमा लगातार उकालो लागेको नेप्से परिसूचकले आज पनि त्यही लय पछ्याएको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७ दशमलव ५६ अङ्कले उकालो लागेर दुई हजार ६३ दशमलव ८३ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ८८ अङ्कले उकालो लागेर तीन सय ९४ दशमलव ८९ अङ्कमा पुगेको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ भने १० उपसमूहको शेयर मूल्य वृद्धि भएको छ । कारोबार भएकामध्ये एक सय ६५ कम्पनीको शेयर मूल्य वृद्धि भएको हो । यस्तै ३९ कम्पनीको शेयर मूल्यमा गिरावट आउँदा सात कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएन ।

कूल ८२ लाख ७१ हजार तीन सय ५५ कित्ता शेयर रु दुई अर्ब ९६ करोड नौ लाख २७ हजार चार सय ४० मूल्यमा खरिद बिक्री भए । कारोबारका आधारमा नवील बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु १६ करोड ८४ लाख ५१ हजार दुई सय ८२ बराबरको कारोबार भयो ।

यस्तै हिमालयन डिस्टिलरीको रु १६ करोड ६४ लाख ८२ हजार तीन सय तीन, एनआइसी एशिया बैंकको रु ११ करोड १४ लाख ५५ हजार, नेपाल दूरसञ्चार कम्पनीको रु आठ करोड ३५ लाख ८५ हजार नौ सय १५ र युनिभर्सल पावरको रु सात करोड ९२ लाख ३४ हजार बराबरको शेयर कारोबार भएको छ ।

नेप्सेका अनुसार उकालो लागेको बजारमा तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ती कम्पनीमा धौलागिरि लघुवित्त, सिर्जनशील लघुवित्त र खप्तड लघुवित्त रहेका छन् । ती कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भयो । यस्तै अजोड इन्स्योरेन्स नौ दशमलब ९८ र प्रभु इन्योरेन्सका लगानीकर्ताले नौ प्रतिशतले कमाएका छन् ।

त्यस्तै एनएमबीका ५० लगानीकर्ताले चार दशमलब ८० प्रतिशतले गुमाए भने नेपाल दूरसञ्चार कम्पनीको चार दशमलव शून्य एक, नेपाल इन्भेस्टमेन्ट बैंकको ऋणपत्र तीन दशमलव ९६, नेपाल बैंक लिमिटेडको दुई दशमलव ५६ र तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले दुई दशमलव ४५ प्रतिशतले गुमाएका छन् ।