• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo

सभामुखमा पृथ्वीसुब्बा र छविलाल आकांक्षी



काठमाडौँ । नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)सहितको गठबन्धनमा प्रतिनिधिसभाको ५ वर्षे कार्यकालको सुरुको आधा समय सभामुख पद एमालेल लिने सहमति भएसँगै एमालेभित्र दुई नेताले सो पदमा दाबी गरेका छन् ।

एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव छविलाल विश्वकर्मा सभामुखमा आकांक्षी रहेका हुन् ।

यसका लागि दुबै नेताले पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष दाबी गरिसकेको एमाले स्रोत बताउँछ । एमालेले नै सभामुख पाउने निश्चित भएपछि नेताहरु आफ्नो पक्षमा निर्णय गर्न नेतृत्वसमक्ष लबिङमा व्यस्त छन् ।

प्रतिनिधिसभाको अधिवेशन २५ पुसमा सुरु हुँदैछ । पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख चयन गरिसक्नुपर्ने संवैधानिक प्रावधान छ । तसर्थ १० माघभित्र सभामुखको निर्वाचन गरिसक्नुपर्नेछ ।

२६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने तयारीमा छन् । प्रधानमन्त्रीले विश्वासको मत लिएपछि सभामुखको निर्वाचनको प्रक्रिया सुरु हुनेछ ।

पार्टीभित्र उपाध्यक्ष सुवास नेम्वाङलाई नै सभामुख बन्न आग्रह गरेपनि चारपटक सभामुख बनिसकेका नेम्वाङले भने राष्ट्रपतिमा दाबी रहने नत्र पार्टी उपाध्यक्ष नै रहने बताइसकेका छन् ।