२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

खनालको दस्तावेज: वामपन्थीबीच कार्यगत एकता भए सरकारमा जान सकिन्छ



file
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को जारी पोलिटब्यूरो बैठकमा सम्मानित नेता झलनाथ खनालले वामपन्थीबीच कार्यगत एकता भए सरकारमा सहभागी हुन सकिने प्रस्ताव गर्नुभएको छ ।

बैठकमा लिखित प्रस्ताव राख्दै उहाँले अहिले नै कसैसँग पार्टी एकता भइहाल्ने अवस्था नभएको बताउनुभएको छ ।

१० पृष्ठको लिखित दस्तावेज प्रस्तुत गर्दै नेता खनालले भन्नुभएको छ, “सबै वामपन्थीहरुका आ‐आफ्ना दृष्टिकोण, विचार नीति र सिद्धान्त छन । तिनीहरुमा भिन्नता पनि निक्कै गहिरा गहिरा छन् । तिनीहरूलाई अहिले मिलाउन र एकरुपता कायम गर्न सकिँदैन । यतिबेला भिन्नताहरुलाई एकातिर राखेर साझा सवालमा कार्यगत एकता गर्नुको कुनै विकल्प छैन ।”

देशको परिवर्तित स्थिति र हाम्रो दृष्टिकोणमा खनालले जनता, राष्ट्र र देशका साझा हितहरूलाई अघि बढाउन सबै वामपन्थीहरुकाबीच कार्यगत एकता आजको आवश्यकता रहेको उल्लेख गर्नुभउको छ ।

पार्टीको शनिबार भएको स्थायी कमिटी बैठकमा मौखिकरुपमा राखेको धारणालाई पोलिटब्यूरो बैठकमा लिखितरुपमा प्रस्तुत गर्नुभएको हो ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2023/01/सम्मानित-नेता-क.झलनाथ-खनालले-पार्टीको-स्थायी-कमिटिमा-राख्नुभएका-बिचार.pdf” title=”सम्मानित नेता, क.झलनाथ खनालले पार्टीको स्थायी कमिटिमा राख्नुभएका बिचार”]