• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीन जनाको मृत्यु, दुई बेपत्ता ★   नौ महिनाभित्र वास्तविक किसान पहिचान गर्छौं : कृषि मन्त्री साह ★   पचास प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा ★   बागलुङमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाती घाइते ★   दही चिउराको सांस्कृतिक पर्व मनाइँदै ★   धान उत्पादन बढाउन आवश्यक छः राष्ट्रपति ★   वेदविद्याश्रमका विद्यार्थी उत्कृष्ट नतिजासहित एसईई उत्तीर्ण ★   रुसी सेनामा थप १० नेपालीको मृत्यु, अहिलेसम्म ३५ को ज्यान गयो ★   दुई ‘चोकर्स’को फाइनल भिडन्त, भारत एक दशक र दक्षिण अफ्रिकालाई ३२ वर्षपछिको प्रतिक्षा ★   रोपाइँ महोत्सव पहिलो पटक काठमाडौंबाहिर चितवनमा

सौरभको निर्देशनमा ‘अगस्त्य’ बन्ने



काठमाडौंँ । सौरभ चौधरीको निर्देशनमा फिल्म ‘अगस्त्य’ निर्माण हुने भएको छ । डार्क हर्स इन्टरटेनमेन्ट प्रालीको ब्यानरमा निर्माण हुने फिल्म प्रकास मल्ल र अनिस तामाङले बनाउन लागेका हुन् ।

केही नेपाली र केही भारतीय कलाकारको अभिनय रहने फिल्म सस्पेन्स थ्रिलर बिषयमा निर्माण हुन लागेको बताइएको छ । ‘अगस्त्य’ च्याप्टर १ र च्याप्टर २ गरेर दुई पार्टमा निर्माण हुन लागेको हो । फिल्मको दुबै पार्टको लेखन समेत निर्देशक सौरभ आफैले गरेका छन् । फिल्मको दुबै पार्टको लेखन समेत सकिएको छ ।

नेपाल र भारतमा बराबर जस्तो सुटिङ हुने फिल्म आफ्नो ड्रिम प्रोजेट रहेको निर्देशक सौरभ बताउँछन् । ‘करिब ३ बर्षदेखि म यो प्रोजेटमा काम गरिरहेको छु’ सौभरले भने । राजेश श्रेष्ठको छायांकन रहने फिल्मको कलाकार केही छनौटको क्रममा छन् । फिल्मको छायांकन बैशाखको अन्तिमबाट सुरु हुनेछ ।