२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

टुँडिखेललाई मुक्त गर्नुपर्ने माग राख्दै काठमाडौँ महानगर बाहिर प्रदर्शन



अ+ अ-

काठमाडौँ । मुक्त टुँडिखेलको माग राख्दै स्थानीयवासीले सोमबार काठमाडौँ महानगरपालिका कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।

टुँडिखेललाई पुरानै अवस्थामा फर्काउनुपर्ने स्थानीयवासीको माग छ । नागरिकस्तरबाट सम्पदाप्रेमीहरुले ‘अकुपाई टुँडिखेल’ अभियानसमेत चलाउँदै आएका छन् । उक्त अभियानअन्तर्गत सोमबार बिहान महानगरपालिका कार्यालयअगाडि मानव सांग्लो बनाएर प्रदर्शन गरिएको हो ।

यसअघि पनि टुँडिखेललाई पूर्ववत् अवस्थामा फर्काउन तीन महिनासम्म ‘अकुपाई टुँडिखेल’ अभियान सञ्चालन गरिएको थियो । अभियन्ताहरुका अनुसार आज विश्व स्वतन्त्रता दिवसको अवसर पारेर अभियानमा ऐक्यबद्धता जनाउन प्रदर्शन गरिएको हो ।