२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी



अ+ अ-

भालुवाङ । लुम्बिनी प्रदेशसभा कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी सर्वसम्मत चयन हुनुभएको छ । दाङ क्षेत्र नं ३ (क) बाट दोस्रो पटक प्रदेशसभामा निर्वाचित उहाँ हाल पर्यटन, ग्रामीण तथा सहरी विकासमन्त्री हुनुहुन्छ । संस्थापन पक्षका चौधरी संविधानसभा सदस्यसमेत हुनुहुन्थ्यो ।

संसदीय दलको नेताका लागि डिल्लीचौधरी, राजु खनाल, अब्दुल रज्जाक र जन्मजय तिमिल्सिना वीरबहादुर राना र निमा गिरी आकाङ्क्षी हुनुहुन्थ्यो ।

लुम्बिनी प्रदेशसभामा कूल ८७ सिटमध्ये प्रत्यक्षमा १७ र समानुपातिकमा १० गरी कांग्रेसका २७ सांसद छन् । लुम्बिनी प्रदेशसभामा नेकपा एमाले पहिलो दल बनेको र सो दलमा २९ सांसद छन् ।