• २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
  •   Unicode
Logo
Latest
★   गर्मीमा किन बढी रिस उठ्छ ? ★   काभ्रेमा ‘आगो’को वितण्डा, बस्ती जोखिम ★   धनगढी उपमहानगरपालिकाका प्रमुख हमाल, सिप मेलाको अवलोकनमाः निराशहरुलाई तालिमले आशा दिलाएको प्रतिक्रिया ★   दन्त परीक्षणका लागि प्रधानमन्त्री वीर अस्पतालमा ★   वर्षापछि वायु प्रदूषण घट्दै ★   एमालेसँग मिलेर सरकार बनाउने विषयमा ठोस संवाद गरिएको छैन: काँगेस ★   ग्लोबल आइएमई बैंकका १६९ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, २० हजार बढीको सहभागिता ★   ताप्लेजुङमा ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु ★   च्याम्पियन्स लिगको फाइनलमा पुग्न रियल मड्रिड र बायर्न म्युनिख भिड्दै ★   सन्दीपको सफलताः फेसबुकमा १० लाख फलोअर्स हुने पहिलो नेपाली खेलाडी

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि आवश्यक प्रक्रिया थाल्न प्रधानमन्त्रीको आयोगलाई आग्रह



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति, उपराष्ट्रपति र रिक्त रहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गर्नुभएको छ ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा संविधान र कानुनमा व्यवस्था भएबमोजिम राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रिय सभा सदस्यको रिक्त रहेको १ स्थानमा निर्वाचनका लागि आवश्यक प्रक्रिया थाल्न आयोगका पदाधिकारीहरुसँग आग्रह गर्नुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, रिक्त रहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनुहोस, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि हामी राजनीतिक दलहरुबिच छलफल गर्छौँ र हामी एउटा निष्कर्षमा पुगौला ।

सो अवसरमा प्रधानमन्त्रीले स्थानीय तहको निर्वाचन, प्रदैश सभा सदस्य निर्वाचन र प्रतिनिधिसभा सदस्य निर्वाचन कुशलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने लगायत उपस्थित हुनुहुन्थ्यो । बैठकमा आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलिया लगायत आयुक्तहरुले निर्वाचन आयोगको कामकार्वाही र निर्वाचन प्रक्रियाबारे जानकारी गराउनुभएको थियो ।