२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाँजासहित एक पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

मकवानपुर । मनहरि गाउँपालिका–८ हेटौँडा नारायगढ सडकखण्डको  सिमपानीमा रोकिराखेको एक ट्रकमा अबैधरुपमा ल्याइएको  लागुपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ । 

मनहरिका  प्रहरीले  बिहान ३ः०० बजे सडकमा रोकिराखेको ना८ख ८२८४ नम्बरको ट्रकभित्र खानतलासी गर्दा ८१ किलो ३५० ग्राम गाँजा फेला पारेकाले चालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले बताउनुभएको छ ।

ट्रक चालक मकवानपुरकै राक्सिराङ गाउँपालिका–४ बस्ने वर्ष ३५ का बाबुराम नेगी रहेका र घटनाबारे  अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।