२० असार २०८३, शनिबार
,
Latest
सरकारका १०० दिनः अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल ‘प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध छ’ सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम एक सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भएको छः मुख्यसचिव अर्याल सन् २०३५ सम्म पाँचवटा एकीकृत आरोग्य केन्द्र स्थापना गरिने संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने सरकारको १०० दिनः जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज बागमती प्रदेशसभाबाट दुई विधेयक बहुमतले पारित सरकारका १०० दिनः नीतिगत सुधारमा जोड सरकारको १०० दिने रिपोर्ट सार्वजनिक- पूर्णपाठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंकर रबीनाको बक्सिङ मोह (भिडियो सहित)



अ+ अ-

काठमाडौं । मेगा बैंकको नायब प्रमुख कार्यकारी अधिकृत रबीना देशराज श्रेष्ठ आजभोली बक्सिङको प्रशिक्षण लिँदै छन् । उनले बक्सिङको प्रशिक्षण गर्दै गरेको भिडियो सामाजिक संञ्जालबाट सार्वजनिक गरेकी हुन् ।

सो भिडियो बाहिरिए पश्चात सबैको प्रतिक्रिया सकारात्मक आएको छ । साथै उनीबाट सधै जस्तै धेरै जनाले प्रेरणा लिएको छ । उनले फेसबुमा केही तस्बीर पनि शेयर गर्दै लेखेकी छन्, तपाईले सोचे भन्दा तपाई धेरै शक्तिशाली हुनुहुन्छ, कुनै चीजको लागि कहिले ढिलो हुँदैन । प्रशिक्षणको समय लगभग मैले बेहोश भएर तारा पनि देखे तर मलाई यो मन पर्छ ।

उनले यो वाक्यमा आफुले मन पराएको कुरा गर्न कहिले ढिलो नहुने अर्थात् कुनै समय र उमेरले नरोक्ने प्रष्ट्याएकी छन् । उनी बेहोश भएर तारा देखेर पनि आफ्नो प्रयासलाई निरन्तर दिइरहेकी छन् । 

उनी एक्लो अभिभावक भएर दुई सन्तानलाई हुर्काएर सक्षम बनाइन् । उनी प्रतिष्ठित बैंकमा उच्च पद समाल्दै आएकी छन् । बैंकर रबीनाले आफ्नो पेसाबाट धेरै महिलालाई प्रेरणा दिएकी छन् ।