२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

टोक्यो ओलिम्पिक्स: सिपीले खेलस्थल विथोल्न सक्ने चिन्ता

टोक्यो ओलिम्पिक्स: सिपीले खेलस्थल विथोल्न सक्ने चिन्ता
अ अ+ अ-

एजेन्सी । टोक्योमा अधिकारीहरू एउटा प्रमुख ओलिम्पिक खेलस्थलमा एउटा समुद्री जीवका कारण उत्पन्न हुन सक्ने सम्भावित समस्याबाट महत्त्वपूर्ण जलक्रीडाहरू प्रभावित होला कि भन्ने पिरलोमा छन्।

सबै पूर्वाधार समयभन्दा अघि नै तयार भएका थिए। तर अनपेक्षित समस्याका कारण उनीहरूले १२ लाख ८० हजार डलर आपत्कालीन पुनर्निर्माणमा खर्च गर्नुपर्‍यो।

त्यसअघि उनीहरूले सिपीका कारण समस्या उत्पन्न होला भनेर सोचेका पनि थिएनन्। पहिला टोक्यो बेको सी फरेस्ट वाटरवेको सतहमुनि सिपीका कारण समस्या देखा पर्‍यो।

उक्त स्थानमा क्यानोइङ एन्ड रोइङ खेल आयोजना हुन लागेको छ। अन्तर्राष्ट्रिय नियमानुसार पानी छचल्किएर प्रतियोगीलाई प्रभावित नपारोस् भन्ने उद्देश्यले विशेष उपकरणहरूको व्यवस्था गरिएको थियो।

तर आश्चर्यजनक रूपमा ती तैरिने सामग्रीहरू डुब्न थाले र तीमध्ये दुईतिहाइ पानीमुनि गए। अलमलमा परेको सरकारले त्यसबारे अनुसन्धान गर्‍यो र त्यसको कारक सिपी भएको पत्ता लगायो।

ती जीवहरू ठूलो सङ्ख्यामा उक्त उपकरणमा टाँसिएका थिए। तिनैले ती उपकरणलाई पानीका छालमुनि पुर्‍याइदिएका थिए। उक्त समस्याको समाधान चुनौतीपूर्ण बन्यो।

लगभग साढे पाँच किलोमिटर लम्बाइको उपकरणलाई या त जमिनको तटीय क्षेत्रमा ल्याउनुपर्‍यो या मर्मत गर्नुपर्‍यो। गोताखोरहरूले पानीभित्र गएर पनि उपकरण सफा गरेका थिए।

उनीहरूले कुल १४ टन सिपी हटाए। त्यहाँ साह्रो खोल भएका सामान्य सिपी थिएनन्। बरु जापानमा हिउँद याममा ज्यादै लोकप्रिय मानिने संवेदनशील खालका र स्वादिष्ट मागाकी ओएस्टर भएको अधिकारीहरूले पत्ता लगाए।

तर त्यति ठूलो परिमाणमा सङ्कलन गरिएको सिपीबाट कोही पनि लाभान्वित हुन सकेनन्। सरकारी टोलीका एक सदस्यले जापानी अखबार आशाही शिम्बुनलाई भने, "हामीले तिनलाई खानेबारे विचार गरेनौँ। किनभने त्यसका लागि सुरक्षा जाँच पार गर्नुपर्थ्यो।"

संसारभरि मूल्य भिन्न भए पनि ती सिपी बेचेर दशौँ हजार डलर आम्दानी गर्न सकिन्थ्यो। (बीबीसी)