२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

अग्रता जोगाउन नसक्दा नटिङहम फरेस्टसँग बराबरीमा रोकियो चेल्सी



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सीले बराबरी खेलेको छ । गएराति सम्पन्न खेलमा चेल्सीले नटिङहम फरेस्टसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलको १५ औं मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ६३ औं मिनेटमा सर्ज अरिएरले गोल गर्दै नटिङहम फरेस्टलाई १–१ को बराबरीमा ल्याए । त्यसपछि खेलमा थप गोल हुन सकेन ।

बराबरीसँगै चेल्सी १६ खेलबाट २५ अंकसहित तालिकाको आठौं स्थानमा रहेको छ भने फरेस्ट १७ खेलबाट १४ अंकसहित १८ औं स्थानमा छ ।