२० असार २०८३, शनिबार
,
Latest
सरकारका १०० दिनः अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल ‘प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध छ’ सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम एक सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भएको छः मुख्यसचिव अर्याल सन् २०३५ सम्म पाँचवटा एकीकृत आरोग्य केन्द्र स्थापना गरिने संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने सरकारको १०० दिनः जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज बागमती प्रदेशसभाबाट दुई विधेयक बहुमतले पारित सरकारका १०० दिनः नीतिगत सुधारमा जोड सरकारको १०० दिने रिपोर्ट सार्वजनिक- पूर्णपाठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाबुराम भट्टराईमाथि यसरी खनिए कमल थापा



अ+ अ-

काठमाडौं । सामाजिक सञ्जालमा सेलिब्रेटीदेखि लिएर नेतासम्म एकअर्काविरुद्ध व्यंग्य गर्नु, खरो रुपमा उत्रिनु कुनै नौलो कुरा होइन । आजभोलिको ट्रेन्ड नै यस्तो छ एकअर्कामाथि सामाजिक सञ्जालमा चर्को आलोचना गर्नु होस् या व्यंग्य गर्नु । 

अहिले संघिय समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईमाथि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा आक्रामक रुपमा सामाजिक सञ्जालमै उत्रिएका छन् । 

प्रसंग रहेको छ, 
भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले गंगा नदीमा गाइको दुध बगाएको तस्बिरलाई साझा गर्दै बाबुराम भट्टराईले भारतमा मेरा सहपाठीहरुको प्रचारित भनेर ट्वीटरमा पोस्ट गरेका छन् । यसमा राप्रपा अध्यक्ष कमल थापाको नजर पुग्यो । हिन्दु राष्ट्र कायम गर्नुपर्ने आफ्नो पार्टीको एजेन्डा नै रहेको र कुनै समय चुनाव चिन्ह नै गाई भएको राप्रपा अध्यक्ष कमल थापा एक्कासी बाबुराममाथि खनिए । 

 

उनले ट्वीटरमा आक्रोश पोख्दै बाबुरामलाई प्रश्न गरे, योगीले खोलामा दूध बगाउँदा तपाईको टाउको दुख्छ तर तपाई आफूले खोलामा मान्छेको रगत बगाएको, मान्छेको लास बगाएको, जिउँदै मान्छेलाई बगाएको चाहीँ बिर्सनुभयो ?

त्यतिमात्र नभई थापाले बाबुरामलाई अंग्रेजीमै आगोसँग खेल्ने प्रयास नगर्नुहोला भन्दै विश्वासलाई धर्मसँग नदाँज्न समेत भने ।