२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एस सरकारमा जाने/नजानेबारे पोलिटब्युरो बैठकपछि मात्रै टुंगो लाग्ने



अ+ अ-

काठमाडौँ । नकेपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाले नेकपा एमालेसँगको पार्टी एकता बाहिरी हल्लामात्रै भएको बताउनुभएको छ ।

आईतवार पार्टी कार्यालयमा बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पार्टीले भोलि (सोमवार) का लागि पार्टीको पोलिटब्युरो बैठक डाकेको पनि बताउनु भयो । उहाँले पोलिटब्युरो बैठकबाट आएका सुझावहरुका आधारमा मात्रै सरकारमा जाने वा नजाने भन्ने विषयको टुंगो लाग्ने बताउनु भयो । उहाँले दुई दिनसम्म चलेको पार्टीको स्थायी कमिटी बैठकमा समसामयिक र राजनीतिक विषयमा पार्टीको दृष्टिकोणका बारेमा छलफल भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पार्टीको स्थायी कमिटीको बैठकले भेलि पोलिटब्युरो बैठकको आयोजना गरेका छौँ । पोलिटब्युरो बैठकले के सुझाव दिन्छ, त्यसपछि मात्रै यावत विषयहरुमा थप धारणाहरु बाहिर ल्याउनेछौँ । हामीले समसामयिक राजनीतिक विषयमा पार्टीको दृष्टिकोणका बारेमा छलफल गरेका थियौँ । यो बैठकले पार्टी निर्माण, सुदृढीकरण र बिस्तारका बारेमा छलफल गरेको छ । पार्टी एकता बाहिरको हल्ला मात्रै हो ।’

उपमहासचिव खतिवडाले बैठकले पार्टी निर्माण, सुदृढीकरण र बिस्तारका बारेमा छलफल गरेको पनि बताउनु भयो ।