२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

बिपीको ३९औँ स्मृति दिवसमा वृक्षरोपण

बिपीको ३९औँ स्मृति दिवसमा वृक्षरोपण
अ अ+ अ-

भादगाउँ । नेपाली कांग्रेस भक्तपुरका नेता तथा जिल्ला सभापति दुर्लभ थापाले बिपीले अङ्गिकार गरेको राजनीतिक, सामाजिक र साहित्यिक सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभएको छ । 

उन्नचालिस बिपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस भक्तपुरद्वारा आज पार्टी कार्यालयमा आयोजित बिपीको तस्बिरमा माल्यार्पण तथा वृक्षरोपण कार्यक्रममा उहाँले बिपीले सधै आफूभन्दा माथि देश र जनतालाई राखेको स्मरण गराउँदै बिपीको राष्ट्रिय मेलमिलापको नीति आजको सन्दर्भमा अझ बढी सान्दर्भिक भएकाले यसलाई सबैले अनुशरण गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो । 

अध्यक्ष थापाले बदलिँदो परिस्थितिमा नेपालको संविधान, लोकतन्त्र, मुलुकको अस्मिताको रक्षा गर्ने दायित्व र जिम्मेवारी नेपाली कांग्रेसको काँधमा आइपरेको बताउँदै कम्युनिष्टको घर झगडाले लथालिङ्ग अवस्थामा पुगेको नेपालको राजनीति र जबरर्जस्ती भत्काउन खोजिएको संविधानलाई सही ट्र्याकमा हिँडाउने नेतृत्व कांग्रेसले लिएको उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो,“यो कांग्रेसको रहर भन्दा पनि परिस्थितिजन्य उपज हो । कम्युनिष्टले जनादेश बमोजिम काम गर्न सकेन ।” उहाँले कोभिड–१९ को माहामारीबाट जनताको जनधनको रक्षा गर्ने प्रमुख प्राथमिकता सरकारको हुनुपर्नेमा जोड दिँदैं पहिला जनता अनि विकासको मान्यता लिएर सरकार हिँड्नुपर्छ । कोरोना विरुद्धको खोपलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ भन्नुभयो । उहाँले आसन्न पार्टीको १४औँ महाधिवेशनको सन्दर्भमा जिल्लामा सौहार्दपूर्ण र स्वच्छ प्रतिस्पर्धा गरेर अघि बढ्न सबैलाई आग्रह गर्नुभयो । 
    
कार्यक्रम संयोजक एवं पार्टीका उपसभापति हरिप्रसाद नेपाल र भक्तपुर क्षेत्र नं १ का कांग्रेस सभापति जीवन खत्रीले बिपीको समाजवादी चिन्तनलाई सबैले अङ्गिकार गर्न सके सबै नेपाली सुखी र खुशी हुने बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य रमा ढकाल, केन्द्रीय नीति तथा प्रशिक्षण विभागका सदस्य सुरेन्द्र केसी, वाग्मती प्रदेशसभा सदस्यद्वय कृष्णलाल भँडेल र रजनी जोन्छें, पूर्वजिल्ला सभापति गणेशमान चक्रधर, महेश श्रेष्ठलगायत नेता तथा कार्यकर्ताको सहभागिता थियो । रासस