• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

कस्तो छ भारतीय क्रिकेटर ऋषभ पन्तको स्वास्थ्य अवस्था ?



एजेन्सी । भारतीय क्रिकेट टोलीका विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्त र भारतीय क्रिकेटका लागि एउटा सान्त्वनादायी खबर बाहिर आएको छ ।

दुर्घटनापछि पन्तको देहरादुनस्थित म्याक्स अस्पतालमा उपचार जारी छ । पन्तको घुँडामा कुनै गम्भीर चोट नभएको, लिगामेन्ट ठीक रहेको यहाँका चिकित्सकले बताएका छन् ।

अस्पताल स्रोतका अनुसार ऋषभको घुँडामा लागेको घाउ बाहिरी छ र छिट्टै निको हुनेछ । उनको निधारमा लागेको गम्भीर घाउको शल्यक्रिया गरिएको छ । तर, दिल्ली क्यापिटल्सका यी महत्वपूर्ण खेलाडीले आइपिएल २०२३ मा खेल्न पाउने कि नपाउने भन्नेमा शंका छ ।

शुक्रबार पन्त कार दुर्घटनामा परेका थिए । जलिरहेको कारबाट उनी बाहिर निस्कन सफल भएका थिए ।