२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कस्तो छ भारतीय क्रिकेटर ऋषभ पन्तको स्वास्थ्य अवस्था ?



अ+ अ-

एजेन्सी । भारतीय क्रिकेट टोलीका विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्त र भारतीय क्रिकेटका लागि एउटा सान्त्वनादायी खबर बाहिर आएको छ ।

दुर्घटनापछि पन्तको देहरादुनस्थित म्याक्स अस्पतालमा उपचार जारी छ । पन्तको घुँडामा कुनै गम्भीर चोट नभएको, लिगामेन्ट ठीक रहेको यहाँका चिकित्सकले बताएका छन् ।

अस्पताल स्रोतका अनुसार ऋषभको घुँडामा लागेको घाउ बाहिरी छ र छिट्टै निको हुनेछ । उनको निधारमा लागेको गम्भीर घाउको शल्यक्रिया गरिएको छ । तर, दिल्ली क्यापिटल्सका यी महत्वपूर्ण खेलाडीले आइपिएल २०२३ मा खेल्न पाउने कि नपाउने भन्नेमा शंका छ ।

शुक्रबार पन्त कार दुर्घटनामा परेका थिए । जलिरहेको कारबाट उनी बाहिर निस्कन सफल भएका थिए ।