१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन

टोखा युवा राष्ट्रिय खुल्ला र्‍यापिड चेस प्रतियोगिताको उपाधि सुरवीरलाई

टोखा युवा राष्ट्रिय खुल्ला र्‍यापिड चेस प्रतियोगिताको उपाधि सुरवीरलाई
अ अ+ अ-

काठमाडौँ । टोखा युवा क्लवद्वारा टोखामा आयोजित ‘टोखा युवा राष्ट्रिय खुल्ला र्‍यापिड चेस प्रतियोगिता-२०७९’ को उपाधि काठमाडौँका सुरवीर लामाले हात पारेका छन् ।

पूर्व नेपाल च्याम्पियन समेत रहेका लामाले उनका प्रतिद्वधि रौटहडका फिडेमास्टर (एफ.एम.) रुपेश जेसवाललाई सात अंकको खेलमा समान साढे ६ अंक ल्याए पनि बुकहोल्ज टाइब्रेकमा १ अंकले हराउँदै प्रतियोगिताको उपाधि हात पारेका हुन ।

रौटहडका फिडेमास्टर (एफ.एम.) रुपेश जेसवाल दोस्रो र काभ्रेका फिडेमास्टर (एफ.एम.) क्षितिज भण्डारी तेस्रो बनेका छन् । त्यस्तै, खुल्ला प्रतियोगिता तर्फ लमजुङ्गका सविन चन्द्र घिमिरे चौठौँ, तीपटक नेपाल च्याम्पियन

रहेका लितपुरका बद्रिलाल नेपाल पाँचौँ, पूर्व नेपाल च्याम्पियन क्यान्डिडेट मास्टर ९सी।एम।० काठमाडौँ संकटा क्लवका नवीन तण्डुकार छौठौँ, भक्तपुरका गणेशमान ढुवाल सातौँ, काठमाडौँका कमल मैनालि आठौँ, काठमाडौँकै धिरज राई नवौँ र भक्तपुरका जगनाथ ताम्राकार दसौँ बनेका छन् ।

टोखा नगरपालिका ३ वडा कार्यालय र टोखा युवा वहुउद्देशीय सहकारी लिमिटेडको सहयोगमा टोखा युवा क्लवद्वारा आयोजित सो प्रतियोगिताको पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २५ हजार, १५ हजार, १० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।प्रतियोगिताको चौठौँ र पाँचौ हुनेले क्रमशः ७ हजार, ६ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै, छौठौँदेखि दसै हुनेले ४ र४ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगिताको टोखा स्तरीय तर्फ आशा नारायण महर्जन प्रथम भएका छन् । भने क्रमशः प्रयोगिताका संयोजक रण बहादुर डंगोल दोस्रो र जितेन्द्र डंगोल तेस्रो बनेका छन् ।प्रथम दोस्रो र तेस्रो हुनेले क्रमशः ५ हजार, ३ हजार, २ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

उक्त प्रतियोगितामा नयाँ खेलाडी तर्फ बर्दियाका विशाल लमशाल, उत्कृष्ट महिला तर्फ काठमाडौँकी बिनिता कपाली, १६ वर्ष मुनीका तर्फ काठमाडौँका कुशल बेलवासे, भेन्ट्रान (५५ वर्ष उमेर माथी) तर्फ काठमाडौँका जनर्दन श्रेष्ठ, १६०० रेटिङ्ग समुहमा बर्दियाका निशान्त श्रेष्ठ र १८०० रेटिङ्ग समुहमा सुनसरीका डा। मनिराज डाँगी उत्कृष्ट भएका छन् । उनीहरुले जनही ३ र३ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताको प्रमुख निर्णायक नेपाल बुद्धिचाल संघका इन्टरनेशनल आर्विटर ज्ञानेन्द्र खाइजु रहेका थिए ।

क्लवका अध्यक्ष तथा कार्यक्रमका सभापति राजीव श्रेष्ठको सभापतित्वमा समापन कार्यक्रममा टोखा नगरपालिका उपप्रमुख मुरारी तामाङ लगायतले पुरस्कार वितरण गरेका थिए । पुष १५ देखि सञ्चालित प्रतियोगितामा ३ जना पूर्व राष्ट्यि च्याम्पियन सहित २१ जिल्लाबाट ९१ खेलाडी सहभागी थिए ।

प्रतियोगिता रण बहादुर डंगोलको संयोजकत्वमा टोखा नगरपालिका ३ वडा कार्यालयको सभाहलमा आयोजना गरिएको थियो ।