२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

विपीको प्रमुख कार्यसूची: ‘लोकतान्त्रिक सिद्धान्त, आदर्श र गन्तव्य’

विपीको प्रमुख कार्यसूची: ‘लोकतान्त्रिक सिद्धान्त, आदर्श र गन्तव्य’
अ अ+ अ-

काठमाडौँ  ।  नेपाली राजनीतिका शिखर पुरुष विश्वेश्वरप्रसाद कोइरालालाको प्रजातन्त्रप्रतिको प्रतिबद्धता र निष्ठाको स्मरण गरिएको छ ।    विपी  स्मृति दिवसको अवसरमा सुशील कोइराला मेमोरियल फाउन्डेशनद्वारा आज यहाँ आयोजित अन्तरसंवादका सहभागी वक्ताले निरङ्कुश राणा शासनविरुद्ध मोर्चा खडा गरी मुलुकमा प्रजातन्त्र स्थापनाका लागि उहाँले पु¥याउनुभएको योगदान र प्राप्त उपलब्धिको समीक्षा गर्नुभयो ।

सो अवसरमा परराष्ट्र मामिलाका जानकार प्राध्यापक जयराज आचार्यले नेपालमा लोकतन्त्र  स्थापनाका लागि भएको सङ्घर्षमा विपीले आजीवन योगदान गर्नुभएको स्मरण गर्नुभयो । विपीको अन्तिम चार वर्षमा भएका भेटघाट र छलफल प्रजातन्त्र, राजनीति र साहित्य क्षेत्रका विषयमा कुरा गर्नुभएका प्राध्यापक आचार्यले नेपालका आदर्श र जीवनलाई प्रभावित तुल्याउने व्यक्तिका रुपमा विपी र प्राध्यापक यदुनाथ खनाललाई लिने गरेको बताउनुहुन्छ ।

प्राध्यापक आचार्य भन्नुहुन्छ, “विपीबाट २००७ सालको आन्दोलनको नेतृत्व भए तापनि १७ साल नेपालको इतिहासमा एउटा ठूलो दुर्घटनाको प्रमुख सिकार विपी र लोकतान्त्रिक प्रणाली भयो । त्यसपछि उहाँकै नेतृत्वमा ३० वर्ष सङ्घर्ष भयो, २०४६ सालको जनआन्दोलन पनि विपी जीवित नभए पनि त्यसको पछाडि उहाँकै प्रेरणा थियो ।”

विपी कोइराला प्रधानमन्त्री र पार्टी सभापतिमात्र होइन, एउटा प्रजातान्त्रिक सङ्घर्षको आदर्श प्रतीकका रुपमा जीवित रहिरहनुभएको छ । विसं २०१५ सालमा भएको आम निर्वाचनमा दुई तिहाइ मतका साथ नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विपीलाई राजा महेन्द्रले २०१७ सालमा अपदस्त गरी जेल पठाएका थिए । मुलुकमा त्योे घटनालाई २०१७ सालको ‘कू’ को सङ्ज्ञा दिने गरिन्छ ।

विसं २००७ को क्रान्तिको उपलब्धि स्थापित गर्न २०१५ सालको आम निर्वाचनसम्मको अवधिमा विपीलाई ठूलो सङ्घर्ष गर्नुपरेको थियो । विपीकै समग्र योजनाअनुरुप राजारजौटा उन्मूलन, गुठी जग्गा रैकर, विर्ता प्रथा उन्मूलन, मोहियानी हक लागू, त्रिभुवन विश्वविद्यालय स्थापनालगायत नेपाली समाजमा आमूल परिवर्तन गर्ने दूरगामी कार्यक्रम अघि बढी रहेकै बेला १७ सालको घटना भयो ।

राजनीतिक अधिकार खोसिएपछि भारत निर्वाचनमा बसेर नेपालमा प्रजातन्त्रको पुनस्र्थापनाका लागि सक्रिय विपी २०३३ सालमा राष्ट्रिय मेलमिलापनको नीति लिएर स्वदेश फर्कनुभएको थियो । उहाँलाई क्यान्सर भएपछि तत्कालीन पञ्चायत सरकारले २०३५ सालमा उपचारका लागि विदेश जाने अनुमति दियो ।

 त्यसपछि विकसित राजनीतिक घटनालाई विश्लेषण गर्र्दै बहुदल वा सुधारसहितको पञ्चायती व्यवस्था रोज्न दिन जनमत सङ्ग्रह घोषणा गरे तापनि पञ्चायतलाई टिकाउन जालझेल गरी निर्वाचनको परिणाम त्यसतर्फ भएको नतिजा सार्वजनिक गरियो । यो घटनालाई नेपालको राजनीतिक इतिहासमा महत्वपूर्ण घटनाका रुपमा लिने गरिन्छ । 

नेपालका समकालीन राजनीतिबीचमा अध्ययनशील, साहित्यकार, अनुभवी, प्रजातन्त्रप्रति प्रतिबद्ध विपीलाई अहिले राजनीतिमा देखिएको विश्वासको खडेरीले उहाँलाई झल्झली सम्झना गरेको छ । सडक, सञ्चार, शिक्षा नभएको तथा गरिबी र अन्धकारको चरम अवस्थामा पनि सबै जनतालाई निर्वाचनमा भाग लिने सुनिश्चिताले विपीको प्रजातन्त्रप्रतिको प्रतिबद्धलाई स्पष्ट गरेका कूटनीतिज्ञ आचार्य बताउनुहुन्छ ।

उहाँले नेपाली भाषाका प्रभावशाली साहित्यकार पनि स्थान प्राप्त गर्नुभएको छ । २०१७ सालको काण्डपछि विपीले ८ वर्ष जेलजीवन बिताउनुभयो । उहाँले अधिकांश उपन्यास त्यही समयमा लेख्नुभयो । राजा महेन्द्र जहाँ पुग्दा पनि पत्रकारले त्यस समयमा सोध्ने एउटै प्रश्न थियो, विपी कहिले जेलबाट छुट्नुहुन्छ रु महेन्द्रलाई विपी बिर्साउन सम्भव थिएन । विपी जेलमा होस् वा बाहिर जहाँ रहे पनि प्रजातन्त्रका लागि विपीको सङ्घर्षको गाथा सबैले नजीकबाट नियाँलिरहेका थिए । यसअघि अङ्ग्रेज विरुद्धको भारत छोड आन्दोलनमा अग्रमोर्चामा रही  योगदान पु¥याउनुभएका बिपीमा लोकतान्त्रिक सिद्धान्त, आदर्श र गन्तव्य प्रमुख एजेन्डा थियो ।

 विसं १९७१ भदौ २४ मा जन्मनुभएका विपीको २०३९ साल साउन ६ गते क्यान्सरबाट निधन भएको थियो । उहाँको निधनप्रति शोक व्यक्त गर्न आङ्कलन गरिएभन्दा निकै धेरै नागरिक पशुपति पुगेका थिए । नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक देवेन्द्र सुवेदी भन्नुहुन्छ, “विपीको निधनप्रति शोक व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गर्नेको भीड पशुपतिदेखि पुतलीसडकसम्म रहेको र त्यसअघि यति ठूलो मानिसको सहभागिता कहिल्यै देखेको थिइनँ ।

फाउन्डेशनका सदस्यसचिव अतुल कोइरालाले नेपाली लोकतान्त्रिक आन्दोलनमा विपीको योगदान युगौँयुगसम्म ताजा रही रहने प्रतिक्रिया दिनुभयो । त्रिभुवन विश्वविद्यालय आमसञ्चार तथा पत्रकारित विभागका उपप्राध्यापक जगत नेपालले मुलुकको प्रजातन्त्र स्थापनाका लागि भएको आन्दोलन र विपी एकअर्काको पर्याय रहेको धारणा व्यक्त गर्नुभयो ।-रासस