२० असार २०८३, शनिबार
,
Latest
सरकारका १०० दिनः अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल ‘प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध छ’ सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम एक सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भएको छः मुख्यसचिव अर्याल सन् २०३५ सम्म पाँचवटा एकीकृत आरोग्य केन्द्र स्थापना गरिने संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने सरकारको १०० दिनः जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज बागमती प्रदेशसभाबाट दुई विधेयक बहुमतले पारित सरकारका १०० दिनः नीतिगत सुधारमा जोड सरकारको १०० दिने रिपोर्ट सार्वजनिक- पूर्णपाठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

१८ वर्ष माथिकाले पनि काठमाडौंमा जोन्सनको खोप पाउने



अ+ अ-

काठमाडौं । काठमाडौंमा १८ वर्षभन्दा माथिका सबै नागरिकले कोभिड-१९ विरुद्धको जोन्सन एण्ड जोन्सन खोप पाउने भएका छन् ।

सुरुवाती चरणमा एक डोजमात्र लगाए पनि हुने यो खोप ५० देखि ५४ वर्षका नागरिक, अपाङ्गता भएका व्यक्ति, शरणार्थी, जोन्सन खोप अनिवार्य गरिएका मुलुक जान लागेका नागरिक तथा पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीलाई दिइएको थियो ।

तर दुई दिनसम्म लगाउँदा खोप बाँकी रहेपछि १८ वर्षभन्दा माथिकालाई बुधबारदेखि खोप दिइने भएको हो । 

स्वास्थ्य सेवा विभागले काठमाडौंलाई १ लाख ४० हजार डोज जोन्सन एण्ड जोन्सन खोप उपलब्ध गराएको थियो । दुई दिनसम्म खोप कार्यक्रम सञ्चालन गर्दा पनि झण्डै एक लाख डोज खोप बाँकी रहेपछि ती खोप १८ वर्षभन्दा माथिका नागरिकलाई दिने भएको हो ।