२० असार २०८३, शनिबार
,
Latest
सरकारका १०० दिनः अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल ‘प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध छ’ सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम एक सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भएको छः मुख्यसचिव अर्याल सन् २०३५ सम्म पाँचवटा एकीकृत आरोग्य केन्द्र स्थापना गरिने संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने सरकारको १०० दिनः जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज बागमती प्रदेशसभाबाट दुई विधेयक बहुमतले पारित सरकारका १०० दिनः नीतिगत सुधारमा जोड सरकारको १०० दिने रिपोर्ट सार्वजनिक- पूर्णपाठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘युरो कप विथफोनलोन योजना’ को विजेता बने लक्ष्मी बैंकका अशोक कुमार खाती



अ+ अ-

काठमाडौं । फोनलोनले आफ्नो तीन हप्ता लामो ‘युरो कप विथ फोन लोन’क्याम्पेनको विजेता घोषणा गरेको छ । यस उपहार योजनामा लक्ष्मी बैंकका ग्राहक अशोक कुमार खाती विजेता बन्नुभएको छ । विजेता खातीले सामसङ्गको ५५–इन्च स्मार्ट टिभी जित्नु भएको छ ।

 ‘युरो कप विथ फोन लोन’ योजना असार १ गते देखी २३ गते सम्म चलेको थियो भने यसमा फोन लोन सन्जालका ५ वटा बैंक सहभागी भएका थिए । यो योजनामा लक्ष्मी बैंक, कुमारी बैंक, सिटिजन बैंक, नबिल बैंक र मेगा बैंकका फोनलोनका प्रयोगकर्ताहरु सहभागी हुन सक्ने थिए ।

यस योजनामा सहभागी हुनका लागी योग्य फोनलोनका प्रयोगकर्ताले सो अवधि भित्र फोनलोन मार्फत कर्जा लिनु पर्ने थियो । विजेता छनौट भने फोनलोनको ‘विनर सेलेक्सन सफ्टवेर’ द्वारा गरिएको थियो ।  यो योजनामार्फत फोनलोनले ग्राहकहरु माझकागज–रहित, धितो–रहित स्मार्ट लोन सुविधाबारे जानकार गराएको छ ।

पछिल्ला दिनमाफोनबाट ऋण लिने सुविधा प्रति आकर्षण तिब्र देखिएको छ । एफवान सफ्टले विकास गरेको फोन लोन सुविधामा बैंकिङ र कर्पोरेट क्षेत्रमा काम गर्ने व्यक्तिहरूमा तिब्र आकर्षण देखिएको हो ।