१० भाद्र २०८३, बुधबार
,
Latest
बाढीपहिरो पीडितको उद्धारमा राज्यको सम्पूर्ण सामर्थ्य लगाउन रवि लामिछानेको आग्रह विपद्मा सरकार र दल एकढिक्का भएर उद्धारमा जुट्नुपर्छः रास्वपा सभापति लामिछाने विपद् प्रतिकार्यमा दलीय स्वार्थभन्दा माथि उठेर जुट्न सभापति लामिछानेको आह्वान सरकार आफैँ प्रभावित क्षेत्रमा पुगोस्, विपद्का बेला ‘भीआईपी’ सुरक्षामा नअल्झिनूस्ः रवि लामिछाने मन्त्रिपरिषद् बैठक : जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने रसुवाको बाढीमा घाइते ११ जना काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत रसुवाका बाढीपहिरो प्रभावित क्षेत्रमा बागमती सरकारले आकस्मिक स्वास्थ्य टोली परिचालन गर्‍यो भोटेकोशी बाढीबाट रसुवा र नुवाकोटका १४ जलविद्युत् आयोजना प्रभावित नेपालमा आएको बाढीप्रति पाकिस्तानी दूतावासद्वारा दुःख व्यक्त भोटेकोशी बाढीबाट रसुवा र नुवाकोटका १४ जलविद्युत् आयोजना प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भरपुर सदुपयोग गर्नुपर्नेमा अर्थमन्त्री पौडेलको जोड(भिडियोसहित)



अ+ अ-

पोखरा । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भरपुर सदुपयोग गर्नुपर्नेमा जोड दिनु भएको छ ।

आईतबार सो विमानस्थलको उद्घाटन समारोहमा बोल्दै उपप्रधानमन्त्री पौडेलले सो विमानस्थलको सही र भरपुर सदूपयोग गरेर पोखरालाई पर्यटकहरुको केन्द्रको रुपका विकास गर्न लाग्नुपर्ने बताउनु भएको हो । त्यस अवसरमा उहाँले सो विमानस्थललाई प्रभावकारी ढंगले संचालन गर्नका लागि अर्थ मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।

उहाँले सो विमानस्थलको निर्माणमा योगदान पुर्याएको भदै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वपर्यटनमन्त्री स्वर्गीय रविन्द्र अधिकारीको समेत स्मरण गर्नु भएको थियो । एमाले उपाध्यक्ष समेत रहनु भएका उपप्रधानमन्त्री पौडेलले मुलुकलाई राजनीतिक स्थायित्व दिइ सुशासनको बाटोमा अघि बढाउन सरकार लागिपर्ने आश्वासन समेत दिनु भयो ।

उहाँले भन्नु भयो, ‘यो विमानस्थलको सही र भरपुर सदुपयोग गर्नुपर्नेछ । त्यसका लागि प्रभावकारी कदम चाल्न नागरिक उडड्यन प्राधिकरणलाई आग्रह गर्दछु । यो विमानस्थलको सहयोगका लागि आवश्यक सबै काम गर्ने विश्वास दिलाउन चाहन्छु ।’

पौडेलले मुलुकको अर्थतन्त्रलाई लयमा फर्काउने काममा आफूहरु सफल हुने समेत दोहोर्याउनु भयो ।




भर्खरै