२० असार २०८३, शनिबार
,
Latest
सरकारका १०० दिनः अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल ‘प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध छ’ सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम एक सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भएको छः मुख्यसचिव अर्याल सन् २०३५ सम्म पाँचवटा एकीकृत आरोग्य केन्द्र स्थापना गरिने संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने सरकारको १०० दिनः जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज बागमती प्रदेशसभाबाट दुई विधेयक बहुमतले पारित सरकारका १०० दिनः नीतिगत सुधारमा जोड सरकारको १०० दिने रिपोर्ट सार्वजनिक- पूर्णपाठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राज कुन्द्राले भारतमै खिचेर विदेश पठाउँथे पोर्न फिल्म



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान तथा व्यापारी राज कुन्द्रा सोमवार राती पक्राउ परेका छन् । अश्लील फिल्म बनाएको र केही एप्समा बेचेको आरोपमा उनलाई मुम्बई क्राइम ब्राञ्चले पक्राउ गरेको हो । प्रहरीले उनीसहित ११ जनालाई पक्राउ गरेको छ ।
 
क्राइम ब्राञ्चका अनुसार, राजको विरुद्ध गत फेब्रअरीमा मुद्धा दर्ता भएको थियो । उनले पोर्न इन्डस्ट्रीमा ८ देखि १० करोडको लगानी गरेको पनि खुलेको छ । पोर्न फिल्म भारतमा छायांकन गरेर अनलाइनको माध्यमबाट विदेशका एप्सहरुमा पठाइने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।
 
मुम्बई पुलिसले फेब्रअरीमा अभिनेत्री गहना वशिष्ठसहित ६ जनालाई पक्राउ गरेको थियो । 
 
यदी अदालतले दोषी ठहर गरेको खण्डमा राजलाई भारु दश लाख रुपैयाँ जरिवाना र पाँच बर्ष जेल सजाय हुने बताइएको छ ।