२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राज कुन्द्राले भारतमै खिचेर विदेश पठाउँथे पोर्न फिल्म



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान तथा व्यापारी राज कुन्द्रा सोमवार राती पक्राउ परेका छन् । अश्लील फिल्म बनाएको र केही एप्समा बेचेको आरोपमा उनलाई मुम्बई क्राइम ब्राञ्चले पक्राउ गरेको हो । प्रहरीले उनीसहित ११ जनालाई पक्राउ गरेको छ ।
 
क्राइम ब्राञ्चका अनुसार, राजको विरुद्ध गत फेब्रअरीमा मुद्धा दर्ता भएको थियो । उनले पोर्न इन्डस्ट्रीमा ८ देखि १० करोडको लगानी गरेको पनि खुलेको छ । पोर्न फिल्म भारतमा छायांकन गरेर अनलाइनको माध्यमबाट विदेशका एप्सहरुमा पठाइने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।
 
मुम्बई पुलिसले फेब्रअरीमा अभिनेत्री गहना वशिष्ठसहित ६ जनालाई पक्राउ गरेको थियो । 
 
यदी अदालतले दोषी ठहर गरेको खण्डमा राजलाई भारु दश लाख रुपैयाँ जरिवाना र पाँच बर्ष जेल सजाय हुने बताइएको छ ।