२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश १: दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीको नाम पेश गर्न आह्वान



अ+ अ-

विराटनगर । यही पुस २४ गते आइतबार बेलुका ५ बजेभित्र प्रदेश १ मा मुख्यमन्त्री नियुक्त गर्नका लागि दाबी पेस गर्न समयसीमा दिइएको छ ।

प्रदेशप्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुलाई दाबी पेश गर्न आह्वान गर्नुभएको हो ।

प्रदेश १ मा कुनै पनि दलले एकल बहुमत हासिल नगरेकाले उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत पुर्याएर मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न आह्वान गरिएको हो ।