५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश १: दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीको नाम पेश गर्न आह्वान



अ+ अ-

विराटनगर । यही पुस २४ गते आइतबार बेलुका ५ बजेभित्र प्रदेश १ मा मुख्यमन्त्री नियुक्त गर्नका लागि दाबी पेस गर्न समयसीमा दिइएको छ ।

प्रदेशप्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुलाई दाबी पेश गर्न आह्वान गर्नुभएको हो ।

प्रदेश १ मा कुनै पनि दलले एकल बहुमत हासिल नगरेकाले उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत पुर्याएर मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न आह्वान गरिएको हो ।