६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग News Polar सरकारप्रति कांग्रेस सांसद थपलियाको प्रश्न– ‘नागरिकमा बढ्दो निराशाप्रति सरकार किन मौन ?’ News Polar ‘छोराको लाशसँग सांसद पद साटेको’ टिप्पणीप्रति रचना खतिवडाको आपत्ति News Polar चन्द्रागिरि कांग्रेसको नगर सभापतिमा राजेन्द्र बानियाँले उम्मेदवारी दिने News Polar नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान News Polar कृषि रूपान्तरणका लागि स्पष्ट सङ्क्रमणकालीन कार्ययोजना बनाउन ‘खाद्यका लागि कृषि अभियान’को सुझाव

नेपथ्यको ‘मानवताका लागि संगीत’ राजधानीमा भब्य रुपले सम्पन्न

नेपथ्यको ‘मानवताका लागि संगीत’ राजधानीमा भब्य रुपले सम्पन्न
अ+ अ-

काठमाडौं । महिनादिन लामो भ्रमणमा देशभरका दर्शक भेटेर आएको कलाकार टोलीसँग पर्याप्त उर्जा थियो भने काठमाडौंवासीसँग जिज्ञासा ।

यो दुवैको भब्य समिश्रणका साथ लोकरक ब्याण्ड नेपथ्यको श्रृंखलाबद्ध यात्रा शनिबार सम्पन्न भएको छ । के पहाड–के तराइ, सातवटै प्रदेशका दस फरक–फरक सहरमा टनाटन भरिएका चौरहरुबाटै पनि अब नेपथ्यले तयगर्ने ‘मानवताका लागि संगीत’ अभियान अनुमोदित बन्नपुगेको छ ।

एकातिर मध्य पुसको काठमाडौं, अर्कोतिर शनिबार दिनभर राम्ररी घाम लागेको थिएन । यस्तोमा चिसिएको भृकुटीमण्डपको पक्की मैदान बेलुकी ठीक छ बज्नेबित्तिकै एक्कासी चर्को आवाज र तिरिमिरि प्रकाशले तात्तिनपुगेको थियो । यसरी निर्धारित समयमै ब्याण्डका दुइवटा म्यूजिक भिडियो पर्दामा बज्न सुरुभयो । त्यसको लगत्तै मञ्चमा चढेको कलाकार टोलीले पहिलो कोशेलीका रुपमा हालसालै तयार भएको ब्याण्डको नयाँ गीत ‘भटभटे’ प्रस्तुत ग-यो ।

सहर बजारमा मोटरसाइकलको प्रचलन बढेसँगै विकासभएको तन्नेरी उत्तेजनालाई प्रतिविम्वित गर्ने यो गीत प्रस्तुत गर्नेबेलामा भने ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङले ‘जिम्मेवारीवोध’का शब्दहरु पनि प्रकट गरेका थिए ।

पछिल्लो देश दौडाहाका क्रममा काठमाडौंभन्दा पहिले बुटवलका दर्शकमाझ पनि यो गीत प्रस्तुत गरिएको थियो । कन्सर्टकै पहिलो (ओपनिङ) गीतका रुपमा भने राजधानीमै ‘भटभटे’ गाएर सुनाइएको हो ।

नेपथ्यले दोश्रो प्रस्तुतीका रुपमा सर्वकालीक हिट गीत ‘भेँडाको ऊनजस्तो’ प्रस्तुत गर्दा मैदानका दर्शक उफ्रन सुरुगरेका देखिन्थे । अर्को पुरानो लोकप्रिय गीत ‘छेक्यो छेक्यो देउराली डाँडा’ गाउँदा त्यो उत्साह अझ बढ्न पुग्यो ।

‘हामीलाई सुन्न यहाँ उपस्थित हुनुभएका तपाइ सबैलाई स्वागत छ,’ अमृतले त्यसपछि गीतको साटो संवादको थालनी गरे, ‘हामी बीच यसरी भेटघाटको जोग जुराइदिने आयोजक मानवसेवा आश्रमलाई धेरै धेरै धन्यवाद छ है ।’

कोभिड महामारीले संसार आक्रान्त पारेपछि थामिएको नेपथ्य राजधानीमा यसपाला तीन वर्षपछि प्रस्तुत भएको हो । यसअघि भुकम्पले भत्किएको दोलखाको एउटा सरकारी विद्यालय निर्माणका लागि यसै भृकुटीमण्डपमै सन् २०१९ मा ब्याण्डले कन्सर्ट गरेको थियो ।

दर्शकहरुलाई स्वागत गरेपछि अमृतले फेरि ‘तपाइहरुलाई म मेरो भेगतिर लैजान्छु, रोदीघरहरुमा लैजान्छु’ भन्दै गाउन सुरुगरेः

‘खान्न म त लामपाते सुरती
लाउँ कि नलाउँ जुग जाने पिरती’

त्यसपछि पनि नेपथ्यका पुरानै गीतहरु ‘चरि म¥यो’ र ‘जोमसोमे बजार’ले निरन्तरता पाएका थिए ।
दर्शकहरुलाई स्वदेश घुम्ने सल्लाह दिँदै अमृतले त्यसपछि धौलागिरितिर तयार पारिएको गीत सुनाएः

‘शिरफूल शिरैमा वनफूल वनैमा
हिउँको फूल धौलासिरिमा’

‘हाम्रा गाउँघरहरु दिन प्रतिदिन तन्नेरीविहीन भइ रित्तिँदै जानथालेका छन्,’ अमृतले गुनासो गरे, ‘उहिलेदेखि लाहुर जाने परम्परा एक वा अर्को रुपमा झनै बढ्दै छ ।’ यस्तो अवस्थामा स्वदेशमै युवाहरुलाई रोजगारीको अवसर जुराइदिन उनले दर्शकदीर्घामा रहेका मुलुकका उच्चपदस्थ ब्यक्तित्वहरुलाई अनुरोध गरे ।
त्यसपछि उनले लाहुरेहरुबाटै आएको गीत ‘नैनाताल’ सुनाएका थिए ।

त्यो गीतको धुनकै बीचमा पनि उनी बोल्न थालेः
‘एकदिन कोहि पनि लाहुर जान नपरोस् है ।’

प्रतिउत्तरमा दर्शकदीर्घाबाट ठूलो समर्थनसहितको आवाज आएको थियो ।

कार्यक्रम अवधिभर गायक अमृतले मानवसेवा आश्रमको उद्देश्यबारे बोल्नुका साथै पछिल्लो समय ब्याण्डले मानवताका निम्ति चालेको कदमलाई अथ्र्याउने प्रयत्न पनि गरे । घर परिवारबाट निकालिएर वा अपहेलित भइ सडकमा आश्रित बन्नपुगेका मुलुकभरका नागरिकहरुको सेवामा खटिएको यो संस्थासँग मिलेरै नेपथ्यले यसपटकको देश दौडाहा गरेको हो ।

यसै क्रममा ब्याण्डको अर्को सर्वकालीक हिट गीत ‘यो जिन्दगानी’ गाउँदै गर्दा मञ्चको पृष्ठ भागमा आश्रमकै आश्रित मानवहरुको मनछुने तस्बिरहरु देखाइएको थियो ।

‘केटाकेटीलाई शिक्षाको उज्यालो देखाउनु र आश्रय नपाएकाहरुलाई बाँच्ने आधार तयार पार्नु जत्तिको पवित्र कर्म अरु कुनै छैन,’ सरकारी विद्यालयहरुकै निम्ति यसअघि धेरै वर्षसम्म मुलुकभर संगीत अभियान चलाएका अमृत भनिरहेका थिए, ‘पुण्य कमाउने हो भने आ आफ्नो ठाउँबाट गच्छे अनुसारको दान गर्न आजैबाट सुरु गर्नुस् ।’

विशुद्ध मुनाफारहित संस्था ‘मानवसेवा आश्रम’ले हालसम्म केवल स्वदेशी दानकै भरमा २३ वटा केन्द्रमार्फत देशैभर आफ्नो सेवा विस्तार गरिसकेको छ ।

शनिबारको कन्सर्ट अघि बढ्दै जाँदा ‘गाउँ गाउँबाट उठ’ को पालो आइपुग्यो । अमृतले मञ्चबाट यो गीत गाइरहँदा राजधानीका दर्शकले पनि गाएरै साथ दिइरहेको रोचक दृश्य देखिन्थ्यो ।

त्यो उत्साहलाई समात्दै गीतको बीचैमा गायक अमृतले बोल्न पनि थालेः

‘भर्खरै चुनाव सकिएको छ । घर–घर विभाजित भएको छ । तर, अब हामीले यो समाजलाई जोड्नतर्फ लाग्नुपर्छ । हामी विद्यालय बनाउनका निम्ति एकापसमा जोडिनु पर्छ । हामीले गाउँ गाउँमा अस्पताल पु-याउनका निम्ति जोडिनै पर्छ ।’

धुनकै क्रममा गायकबाट आएको यो आव्हानले नृत्यरत दर्शकमा अझ उत्तेजना थपेको थियो ।

कार्यक्रमको अन्त्यतिर सधैँजस्तै नेपथ्यको सर्वकालीक हिट गीतहरु ‘रेशम’ र ‘तालको पानी’ गाइएको थियो भने अन्तिममा ‘रातो र चन्द्रसूर्जे’ बाट बिट मारिएको थियो ।

दर्शकदीर्घामा परिचित अनुहारहरु टनाटन भरिएका थिए ।

‘यसरी कन्सर्ट नहेरेको धेरै वर्ष भएको थियो,’ सिंगो परिवारसहित उपस्थित नेपाली कांग्रेसका महामन्त्री गगन थापा भनिरहेका थिए, ‘रमाइलो लाग्यो ।’ उनको प्रतिक्रियामा रमाइरहेका छोरीहरुले पनि साथ दिएका थिए ।

त्यसैगरि नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीको पनि सपरिवार उपस्थिति थियो ।

दर्सक दिर्घामा हरिबंश आचार्य, मदनकृष्ण आचार्य लगायत अरु परिचित अनुहारहरु को पनि उपस्थिति थियो ।

कार्यक्रमकै बीच गायक अमृतले आफूलाई सघाउने साथीहरु ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेसमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीको परिचय गराएका थिए ।

संयोगवस कार्यक्रमको दिन अमृतको जन्मदिन परेको थियो । कार्यक्रम सुरु हुन पहिले देखि दर्शकदिर्घाबाट ह्यप्पी बर्थडेको सामुहिक शुभकामना गाइएको सुनिन्थो । परिचयको क्रममा सबै साथीहरुको परिचयपछि जब अमृतले ‘अनि म अमृत’ भनेर आफ्नो परिचय गरे, दर्शकबाट आएको जन्मदिनको शुभकामना संदेशको गुन्जन झन बढेको थियो । सबैलाई झुकेर अभिनन्दन गर्दै उनले भने, ‘माया र शुभकामनाको लागि धन्यवाद, म अझ एक वर्ष बुढो भएछु’, ‘तपाईंहरु सबै जनालाई नेपथ्य को तर्फबाट २०२३ को हार्दिक शुभकामना छ ।’

संगीतका साथै मानवता प्रवद्र्धनकालागि नेपथ्यको यो कन्सर्टले राजधानी काठमाडौंमा समेत गरेर लगातार दशौं सफलता पाएकोमा मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले खुशी ब्यक्त गरे । ‘हामीले दुइ वर्षभित्र सिंगो मुलुकलाई सडक आश्रित मानवबाट मुक्त गराउने संकल्प लिएका छौं,’ उनले भने, ‘राजधानीका दर्शकहरुबाट पाएको भब्य हौसलाले त्यो संकल्प सजिलै पुरा हुने विश्वास मिलेको छ ।’

कन्सर्टबाट उठेको रकमले मुलुकभर मानवसेवा आश्रमको आफ्नै भवन निर्माण तथा अक्षयकोषमा लगानी गरिने योजना छ । यसरी मानवताको लागि मुलुकभरको एक महिना लामो यात्रा सम्पन्न भएको छ ।

तस्बिरहरु: दिपित राज ,नेपालय र रासस