२७ चैत्र २०८१, बुधबार
April 9, 2025 Wednesday

19.27°C

काठमाडौं

19.27°C

Kathmandu

Feels-like: 19.26

Wind: 1.54

Humidity: 77

Latest
अफगानिस्तानको यु–१९ विरुद्व नेपालको सान्त्वना जित ‘नीति तथा कार्यक्रममार्फत स्वदेशी वस्तुको प्रवर्द्धन’ ‘केपी ओली कप’ राष्ट्रिय  क्रिकेट : गण्डकी र हिमालयनको लगातार दोस्रो जित गृहमन्त्री लेखकद्वारा आन्दोलनका घाइतेको स्वास्थ्यावस्थाबारे जानकारी आठ महिनामा साढे १० खर्ब विप्रेषण नारायणी नदीमा बेपत्ता दिदीभाइको शव फेला स्ववियु निर्वाचन : मणिलेकमा नेविसङ्घको प्यानलै विजयी मुख्यमन्त्रीकप राष्ट्रिय भलिबलः गण्डकी र कोशी उपाधिका लागि भिड्ने ‘नयाँ शैक्षिकसत्र सुरु हुनुअघि नै देशभरका विद्यालयमा पाठ्यपुस्तक’ कोशी प्रदेशको पर्यटन वर्षले मुलुकको अर्थतन्त्रमा थप टेवा पुग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजको मौसमः हल्का वर्षाको सम्भावना



अ+ अ-

काठमाडौँ । पश्चिमी वायुको प्रभावले देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ ।

सो प्रणालीको प्रभावले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा भई प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै देशको हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना छ ।

राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रही प्रदेश नं १ को पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षा तथा प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ । हाल देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिम तराईका केही र मध्य तथा पूर्वी तराईका थोरै भू–भागमा हुस्सु–कुहिरो लागेको अवस्था रहेको छ ।

महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम तीन दशमलव आठ डिग्री र अधिकमत तापक्रम १५ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम शून्य दशमलव एक डिग्री सेल्सियस र सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम २४ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।