२० असार २०८३, शनिबार
,
Latest
सरकारका १०० दिनः अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल ‘प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध छ’ सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम एक सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भएको छः मुख्यसचिव अर्याल सन् २०३५ सम्म पाँचवटा एकीकृत आरोग्य केन्द्र स्थापना गरिने संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने सरकारको १०० दिनः जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज बागमती प्रदेशसभाबाट दुई विधेयक बहुमतले पारित सरकारका १०० दिनः नीतिगत सुधारमा जोड सरकारको १०० दिने रिपोर्ट सार्वजनिक- पूर्णपाठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैठकमा अनुपस्थित रहेका भीम रावललाई भेट्न माधव नेपाल टोखामा



अ+ अ-

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल नेता भीम रावललाई भेट्न रावलको निजी निवास टोखा पुगेका छन्। 

बुधबारको नेपाल पक्षीय स्थायी कमिटी बैठकमा रावल गएका थिएनन् । 

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनु अगाडि रावलले सभामुखसमक्ष प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा बुझाएर संसदबाट बाहिरिएका थिए । 

रावलले बुझाएको राजीनामाको पत्र अहिले संघीय संसद सचिवालयमा विचाराधीन अवस्थामा रहेको जनाइएको छ। 

बुधबारको स्थायी कमिटी बैठकमा नेपाल पक्षीय नेताहरुले रावलको राजीनामा रोक्नुपर्ने धारणा राखेका थिए। राजीनामा फिर्ताका लागि अरु नेताहरुले आग्रह गरेपनि रावलले वेवास्ता गरेपछि नेपाल स्वयं रावलको निजी निवास टोखा पुगेका हुन्।