२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैठकमा अनुपस्थित रहेका भीम रावललाई भेट्न माधव नेपाल टोखामा



अ+ अ-

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल नेता भीम रावललाई भेट्न रावलको निजी निवास टोखा पुगेका छन्। 

बुधबारको नेपाल पक्षीय स्थायी कमिटी बैठकमा रावल गएका थिएनन् । 

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनु अगाडि रावलले सभामुखसमक्ष प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा बुझाएर संसदबाट बाहिरिएका थिए । 

रावलले बुझाएको राजीनामाको पत्र अहिले संघीय संसद सचिवालयमा विचाराधीन अवस्थामा रहेको जनाइएको छ। 

बुधबारको स्थायी कमिटी बैठकमा नेपाल पक्षीय नेताहरुले रावलको राजीनामा रोक्नुपर्ने धारणा राखेका थिए। राजीनामा फिर्ताका लागि अरु नेताहरुले आग्रह गरेपनि रावलले वेवास्ता गरेपछि नेपाल स्वयं रावलको निजी निवास टोखा पुगेका हुन्।