१९ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढीले क्षति पुर्‍याएका २० झोलुङ्गे पुल मर्मतमा सरकार युद्धस्तरमा भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने भोटेकोशीको उर्लंदो भेलमा बगेका सपना र भग्नावशेषको डिलमा आँशुः जब ओलीले सुने बगर बनेको बस्तीका… न सास भेटियो, न लाश : कुशको शव बनाएर आफन्तलाई अन्तिम बिदाइ दार्चुलाकाे चौलानी नदी पहिरोले आधा थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह बाढीले बगाएर ल्याएका मृत पशुको व्यवस्थापन गर्दै भरतपुर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै सहकारीमा अन्योल र दोहोरोपन हटाउन दुईवटा नयाँ ऐन ल्याईंदै : सचिव भुजेल बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा (एकीकृत समाजवादी)ले एमसीसी संसदमा टेवल गर्न दिने



अ+ अ-

काठमाडौं। सत्तारुढ नेकपा (एकीकृत समाजवादी)ले एमसीसी संसदमा टेवल गर्न दिने संकेत गरेको छ ।  शनिबार काठमाडौंमा बसेको पार्टी स्थायी कमिटी बैठकले एमसीसी संसदमा छलफल गर्न दिने कुरालाई निषेध गर्न नहुने निष्कर्ष निकालेको हो । तर यथास्थितिमा भने संसदबाट सो प्रस्ताव पारित गर्न दिन नहुने पार्टीको अडान भने यथावत रहेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनु भयो । \बैठकले एमसीसी जनताको भावना र राष्ट्रको हित अनुकूल हुने गरी अघि बढाउनुपर्नेमा जोड दिँदै त्यसका लागि आवश्यक निर्णय लिने अधिकार पार्टीको केन्द्रिय सचिवालयलाई दिएको छ । त्यसबारेमा जनताको बीचमा बहस गर्नुपर्ने र जनप्रतिनिधिहरुलाई पनि यसबारे जानकारी दिनुपर्ने सो पार्टीको बुझाई छ ।

प्रवक्ता खतिवडाले भन्नुभयो,   ‘यथास्थितिमा अर्थात् उसले राखेको सेवा, सर्तहरुको अधिनमा एमसीसी पारित गर्न दिन सकिदैन भन्ने हाम्रो स्थायी समिति बैठकले सर्वसम्मत निर्णय गरेको छ । यसका बारेमा थप निर्णय गर्नका लागि केन्द्रिय सचिवालयलाई जिम्मेवारी दिएको छ । र, नेपाली जनताको भावना, राष्ट्रिय हित र बैचारिक प्रतिवद्धता समेतको आधारमा रही हामीले आफ्नो निर्णय गरेका छौं भन्ने हाम्रो पार्टीको ठहर रहेको छ । त्यसलाई व्यापक रुपमा आम जनताको बीचको बहस नगरी नहुने र जनताका प्रतिनिधिहरुले यसबारेमा जानकारी नलिई नहुने, यसका कानुनी समस्याहरु र अन्य प्रकारका समस्याहरु थुप्रै रहेको र सम्झौंतामा धेरै विरोधाभाष रहेकाले संशोधन गरेर मात्रै, राष्ट्रहित अनुकूल बनाएर मात्रै यसलाई पारित गर्न सकिन्छ भन्ने पार्टीको धारणा रहेको छ । छलफलका लागि यो सम्झाैता संसदमा टेवल भएमा हामीलाई आपत्ति हुनेछैन र तर संशोधन भने हुनै पर्छ ।’

नेकपा (एकीकृत समाजवादी)ले सो सम्झौताबारे अध्ययन गर्न झलनाथ  खनाल नेतृत्वको कार्यदल नै गठन गरेको थियो । कार्यदलले पनि बैठकमा यथास्थितिमा एमसीसी पारित गर्न नमिल्ने सुझाव दिएको प्रवक्ता खतिवडाले बताउनु भयो ।