२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई भेट्न विप्लव बालुवाटारमा



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रधानमन्त्री शेरबहादुर देउवालाई उहाँकै सरकारी निवास बालुवाटारमा भेट गर्नुभएको छ । 

विप्लवले साथमा नेताहरू खड्गबहादुर विश्वकर्मा र धर्मेन्द बास्तोलालाई पनि लिएर छलफलका लागि बालुवाटार पुग्नुभएको हो । 
छलफलमा गृहमन्त्री बालकृष्ण खाणसमेत उपस्थित हुनुहुन्छ ।

उहाँले शान्ति प्रक्रियामा आएसँगै अघिल्लो सरकारसँग भएको तीनबुँदे सम्झौता कार्यान्वयनका लागि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउनुभयो । 

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल, जसपाका नेता डा. बाबुराम भट्टराईलगायतका नेतासँग विप्लवले भेटवार्ता गरिसक्नुभएको छ ।