५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री दाहाल चितवनमा



अ+ अ-

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन आउनुभएको छ । प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक उहाँ गृहजिल्ला चितवन आउनुभएको हो ।

प्रधानमन्त्री दाहाल नारायणी नमुना माध्यमिक विद्यालयको हीरक महोत्सव (६०औँ वार्षिकोत्सव समारोह) उद्घाटन गर्न यहाँ आउनुभएको हो । हीरक महोत्सवमा सहभागी भई उहाँ आजै काठमाडौँ फर्कने कार्यक्रम रहेको छ ।

विद्यालयका प्राचार्य पूर्ण दवाडीका अनुसार सो विद्यालय गुणस्तर मापन केन्द्रको परीक्षणमा देशकै दोस्रो विद्यालय हो । हालै गरिएको परीक्षणमा १०० अङ्कमा ९३।०५ अङ्क प्राप्त गरी दोस्रो भएको उहाँले बताउनुभयो ।

विसं २०२० जेठ ६ गते रात्रिकालीन विद्यालयबाट पठनपाठन सुरु गरेको यस विद्यालयमा हाल तीन हजार पाँच सय ७० विद्यार्थी अध्ययनरत छन् । प्रधानमन्त्री दाहालले विद्यालयको हीरकद्वारको उद्घाटन, हीरक स्तम्भको अनावरण, स्मारिका विमोचन, नवनिर्मित भवनको शिलन्यास, विज्ञान प्रदर्शनी र खाना महोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ ।

दाहाल भरतपुर महानगरपालिका वडा नं १४ निवासी हुनुहुन्छ ।