२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

नेजाको अधिवेशन शनिवार भर्जिनियामा हुने

नेजाको अधिवेशन शनिवार भर्जिनियामा हुने
अ अ+ अ-

भर्जिनिया । नेपाल अमेरिका पत्रकार संघ नेजाको सातौं अधिवेशन तथा १४ औं साधारण सभाको तयारी पूरा भएको छ । भर्जिनियामा आगामी शनिवार र आईतवार हुन लागेको साधारण सभामा भाग लिन नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल आउने भएका छन् । 

नेजा आयोजक समितिका संयोजक एवं डिसी मेट्रो एरियाकी क्षेत्रीय संयोजक लिला देवी ओझाका अनुसार करिव ८० जति पत्रकारहरु सहभागीताको लागि जम्मा हुनेछन् । ओझाले साधारण सभाको तयारी पुरा भएको जानकारी दिदै भनिन शनिवार उदघाटन सत्र र आईतवारलाई वन्द  सत्र तोकिएको छ । वन्द सत्र पश्चात नयाँ कार्यसमितिको चयन हुने कार्यतालिका समेत रहेको छ ।

नेजाको उदघाटन सत्रमा अमेरिकाका लागि नेपालका राजदूत डा।युवराज खतिवडा, मेरिल्याण्ड जनरल एसेम्वलीका डेलिगेट हयारी भण्डारी लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिइएको छ । 

 निर्वाचनको लागि नेजाका पूर्व अध्यक्ष आङ्गछिरिङ्ग शेर्पा अध्यक्ष रहेको निर्वाचन समिति गठन गरिएको छ । यस पटक नेजाको अधिवेशनमा विगतमा जस्तै सर्वसम्मत कार्यसमिति गठन हुने अपेक्षा गरिएको छ । 

अध्यक्षका प्रवल दावेदार तथा वर्तमान कार्यसमितिका कार्यवाहक अध्यक्ष विकासराज न्यौपानेले प्रवासी भूमिमा क्रियाशील पत्रकारहरुले समाजलाई उत्प्रेरणा दिने खालको समाचार दिदै आएको वताए । उनले अगाडि थपे – नेजा अमेरिकामा रहेका पत्रकारहरुको आपसी भाईचारा र सहकार्यका लागि एक उपयुक्त थलोको रुपमा सञ्चालनमा आएको संस्था हो । 

अधिवेशन सम्पन्न गर्नको लागि विभिन्न सात उपसमिति समेत गठन गरिएको छ । जसमा अतिथि सत्कार समिति, होटल व्यवस्थापन समिति, रजिष्ट्रेशन समिति ,आर्थिक परिचालन समिति,कार्यक्रम सल्लाह सुझाव समिति रहेका छन । यी समितिहरुमा कार्यसमितिका पदाधिकारीहरु, पूर्व अध्यक्षहरु , कार्यसमितिका पूर्व पदाधिकारीहरु समेत रहेका छन् । आयोजक समितिमा संयोजक लिला देवी ओझा रहेकी  छन  भने विभिन्न कमिटीहरुमा गिरीश पोख्रेल, तारा वराल,आङ्गछिरिङ्ग शेर्पा,गौतम दाहाल,विकास राज न्यौपाने, मधुकर अधिकारी , लेखनाथ भण्डारी , भोला आचार्य ,रामप्रसाद खनाल,निदेश अधिकारी,रामचन्द्र भट्ट, किरण मरहटटा,वावुराम खरेल,सम्झना नेपाल पोख्रेल,मच्छेदेवी  गुरुङ्ग, प्रतिमा वाँस्कोटा,शेर केसी, सुरज भण्डारी,गोकुल ढकाल,दिनेश कार्की, अग्नि चौलागाई,कल्पना घिमिरे, ज्योति देवकोटा रहेका छन् ।  

नेपालमा रहेर विभिन्न सञ्चारमाध्यममा काम गरेका र अमेरिकामा नै विभिन्न तरिकाले सञ्चालन गरिएका मिडियामा कार्यरत १३९ जना सदस्य रहेको नेजाको स्थापना सन् २००७ सालमा भएको हो । नेजाको स्थापनका कालमा अध्यक्ष गिरीश पोख्रेल रहेका थिए । 

नेपालमा पत्रकार महासंघसँगको सहकार्यमा नेजाले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दे आएको छ । महासंघको अनुरोधमा समस्यामा परेका पत्रकारहरु तथा कडा प्रकृतिको रोग लागेका पत्रकारहरुको उपचारको लागि समेत नेजाले आर्थिक सहयोग गर्दे आएको छ ।