१५ भाद्र २०८३, सोमबार
,
Latest
विपद् व्यवस्थापनमा सरकार पूर्ण सक्रिय छ, राहत र उद्धारमा कुनै कमी हुँदैनः प्रवक्ता पोखरेल परराष्ट्रमन्त्री खनाल र कतारका राज्यमन्त्री अल-मिसनदबीच टेलिफोन वार्ता एनआरएनए र अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्ने सरकारको प्रतिबद्धता चीन रेडक्रसद्वारा नेपाललाई २ हजार शव राख्ने झोला सहयोग लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ गत वर्षसम्मको स्वास्थ्य बिमाको भुक्तानी सम्पन्न सुदूरपश्चिमका चार अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने सम्झौता पहिचान नभएका शवको वैज्ञानिक व्यवस्थापन भइरहेको छ, भविष्यमा आफन्तलाई हस्तान्तरण गर्न सकिन्छः सरकार बाढीपहिरो प्रभावितको उद्धार र राहतमा राज्यको सम्पूर्ण शक्ति परिचालन रसुवा बाढी अपडेटः हालसम्म ९३९ जनाको मृत्यु, करिव ४ हजार बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नेपाली पत्रकारिता समग्रतामा सन्तोषजनक छ’



अ+ अ-

काठमाडौं । मुलुकका वरिष्ठ पत्रकारले नेपाली पत्रकारिता क्षेत्रमा केही कमीकमजोरी र असङ्गति देखिए पनि समग्रतामा भने सन्तोषजनक ढङ्गबाटै अघि बढिरहेको बताउनुभएको छ ।

नेपाल पत्रकार महाङ्घ र मानवअधिकार सञ्चार प्रतिष्ठान नेपालद्वारा आज यहाँ आयोजित सञ्चार गृह र पत्रकारिताका अवसर एवं चूनौति विषयक कार्यक्रममा उहाँहरूले पत्रकारिता क्षेत्रले सुविधा र आकर्षणका नाममा बन्दनलाई स्वीकार्न नहुँने सुझाव दिनुभयो ।

सो अवसरमा वरिष्ठपत्रकार राजेन्द्र दाहालले अरु पेशा व्यवसायको तुलनामा पत्रकारिता क्षेत्रको दायित्व र धर्म फरक भएकाले यस विधाको मर्म, चिन्तन, मनन् र चूनौतिबारे नयाँ पुस्तालाई सकारात्मक सन्देश प्रवाह गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पत्रकारिताको स्वाभिमान र गर्व गर्ने पक्ष पछिल्ला समयमा कमजोर भएको छ, तर समग्रमा बर्वाद् भने भएको छैन ।”

नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष डा महेन्द्र विष्टले अरुमा भरपर्दा आफ्नो पहिचान नै खतम हुने भएकाले देशको पत्रकारिता क्षेत्रमा देखिएका सकारात्मक र नकारात्मक पक्षलाई समन्वय गरी सल्लाह एवं सुझावका आधारमा आगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

महासङ्घका केन्द्रीय सदस्य बवीन शर्माले पत्रकारिताको पाठकले सामाजिक सञ्जाल र पत्रकारिताबीचको फरक छुट्याउन सके अहिले देखिएको विकृति र विसङ्गति स्वतः हटेर जाने विश्वास व्यक्त गर्नुभयो ।

वरिष्ठ पत्रकार टङ्क पन्तले पछिल्लो समय सञ्चारकर्ममा लागेकाबाट मेहनत कम र श्रोतको पुष्ट्याई नहुँदा आएका समाचारको विश्वासनीयता र गुणस्तरमा प्रश्न खडा भइरहेको धारणा राख्नुभयो ।

आयोजक संस्था सञ्चार प्रतिष्ठानका अध्यक्ष मीना शर्मा प्रतिष्ठानले विगत २३ वर्षदेखि मानवअधिकार, महिला र बालअधिकारको क्षेत्रमा काम गर्दै आएको जानकारी दिनुभयो । प्रतिष्ठानले मुलुकका सातै प्रदेशमा पुगेर पत्रकारिता क्षेत्रको अवसर र चूनौतिबारे स्वयम् पत्रकारको बुझाइबारे प्राप्त धारणा सो अवसरमा प्रस्तुत गरियो । रासस