२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं प्रहरी मिल्यो यस्तो सफलता



अ+ अ-

काठमाडौं । काठमाडौं प्रहरीलाइ सफलता मिलेको छ । बुधबार काठमाडौं-११ भोटेबहालस्थित एक घरबाट २ लाख ९१ हजार रूपैयाँ, तीन लाख ७० हजार रूपैयाँ बराबरको पाँच थान चेक, तास बुक १२ जुवाडे पक्राउ परेका हुन्। 

महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले दिनेशकुमार शेरचनको घरमा जुवा खेलिरहेका उनीहरूलाई नगदसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ५० वर्षीय शेरचनसहित हरिशरण थापा, राहुल गुप्ता, सुमन अधिकारी, क्षेत्रबहादुर मोक्तान, प्रकाश श्रेष्ठ, रञ्जना प्रधान, सिर्जना खत्री, सरिता मल्ल,  लक्ष्मी बानियाँ, चिना नेम्वाङ र भारत गुजरातकी पुष्पा अली छिन्।

उनीहरूलाई हिरासतमा राखेर जुवा ऐन अन्तर्गत कारबाही थालिएको वृत्तले जनाएको छ।