२० असार २०८३, शनिबार
,
Latest
सरकारको १०० दिनः जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज बागमती प्रदेशसभाबाट दुई विधेयक बहुमतले पारित सरकारका १०० दिनः नीतिगत सुधारमा जोड सरकारको १०० दिने रिपोर्ट सार्वजनिक- पूर्णपाठ सरकारको १०० दिनः विद्युत् खपत बढाउने र निर्यातलाई व्यवस्थित गर्ने मार्गचित्र तयार नागरिकमैत्री सेवा प्रवाहमा प्राथमिकता : राहदानी घर दैलोमा पुर्‍याउन सुरू ऋणीप्रति कठोर भए मात्रै बचतकर्ताको रकम फिर्ता गर्न सहज हुन्छ : मन्त्री रावल ‘स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तारका लागि सरकारले काम गरिरहेको छ’ सरकारको सय दिन : ८९ हजार मेट्रिकटन रासायनिक मल बिक्री हामीलाई रोक्न अनेक व्यवधानहरू आएका छन् , संकटमा खुट्टा नकमाउनुहोस: केपी ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं प्रहरी मिल्यो यस्तो सफलता



अ+ अ-

काठमाडौं । काठमाडौं प्रहरीलाइ सफलता मिलेको छ । बुधबार काठमाडौं-११ भोटेबहालस्थित एक घरबाट २ लाख ९१ हजार रूपैयाँ, तीन लाख ७० हजार रूपैयाँ बराबरको पाँच थान चेक, तास बुक १२ जुवाडे पक्राउ परेका हुन्। 

महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले दिनेशकुमार शेरचनको घरमा जुवा खेलिरहेका उनीहरूलाई नगदसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ५० वर्षीय शेरचनसहित हरिशरण थापा, राहुल गुप्ता, सुमन अधिकारी, क्षेत्रबहादुर मोक्तान, प्रकाश श्रेष्ठ, रञ्जना प्रधान, सिर्जना खत्री, सरिता मल्ल,  लक्ष्मी बानियाँ, चिना नेम्वाङ र भारत गुजरातकी पुष्पा अली छिन्।

उनीहरूलाई हिरासतमा राखेर जुवा ऐन अन्तर्गत कारबाही थालिएको वृत्तले जनाएको छ।