२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

पार्टी एकता जोगाउन हदैसम्म लचिलो हुने ओलीको तयारी, दुई अध्यक्ष राख्न सहमत

पार्टी एकता जोगाउन हदैसम्म लचिलो हुने ओलीको तयारी, दुई अध्यक्ष राख्न सहमत
अ अ+ अ-

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टी एकताका लागि हदैसम्मको लचिलो हुदै पार्टीमा दुई अध्यक्षको व्यवस्था गर्न आफू तयार रहेको जनाउ दिनुभएको छ ।

एमालेको जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष ओलीले पार्टी एकताका लागि आफू हदैसम्मको लचिलो हुने, पार्टीलाई २०७५ जेष्ठ २ को अबस्थामा फकाईउदै संगठनात्मक क्रियाकलापहरु अघि बढाउने, कार्यदलले सहमति गरेको १० बुँदे प्रस्ताबलाई कार्यन्वयन गर्ने तथा पार्टीमा दुई अध्यक्ष बनाउन आफू तयार रहनुभएको बताउनु भएको थियो ।

ओलीले राख्नुभएको प्रस्ताब बरिष्ठ नेता माधब नेपाल समक्ष एक नेताले पुर्याएका छन् । माधब नेपालको निकै निकट रहेका ती नेतासँगको छलफलपछि ओलीले आफ्नो धारणा सार्बजनिक गर्नुभएको एक नेताले जानकारी दिनुभयो ।

दिनदिनै नेता तथा कार्यकर्ताहरु एउटा समूह छाडेर अर्कोमा जाने, भातृसंगठनका नाममा सडकमा भैरहेको प्रदर्शन तथा बहुसंख्यक नेता तथा कार्यकर्ताबाट जुनसुकै मुल्य चुकाएर भएर पनि पार्टी एकता जोगाउनुपर्ने भाबनाका कारण पनि अध्यक्ष ओली र बरिष्ठ नेता नेपाल दवाबमा हुनुहुन्छ ।

ओलीलाई पार्टी बिभाजनको अपजसबाट जोगिनुपर्ने बाध्यता छ भने नेपाललाई पनि पार्टी बिभाजन गरेको आरोप आफूमाथि नलागोस भन्ने छ ।

जसका कारण एकले अर्कालाई गलाउने रणनीतिमा दुबै नेताहरु रहेका छन् । जारी संसद अधिबेशन रोकेर राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरी पार्टी बिभाजन गर्न सत्तारुढदलले आग्रह गरेपनि नेपालले ठोस जबाफ दिनु भएको छैन ।

सायद सत्तारुढ दलसँगको माधव नेपालको यो मौनतासँग यता अध्यक्ष ओलीको यो पछिल्लो लचकता मिल्न पनि सक्ने देखिन्छ । अनि पार्टीलाई फुट्नबाट जोगाउन सक्ने रसायन यो पनि हुनसक्ने देखिन्छ ।     

उता प्रधानमन्त्री शेरबहादुर देउवाले घरै पुगेर सोध्दा पनि माधव नेपाल दल विभाजनसम्बन्धी अध्यादेशका लागि तयार नहुनु र यता अध्यक्ष ओली आज आएर जस्तोसुकै लचकता अपनाउन पनि तयार हुनुलाई संयोग पनि मान्न सकिन्छ ।

एमाले पार्टीका दुई अध्यक्ष यो गतिरोधको बटम लाइन पनि बन्न सक्ने देखिन्छ । सायद भित्री तयारी यो हुन पनि सक्दछ । यसका लागि दोस्रो तहका नेताहरुका प्रयास सार्थक बन्न पनि सक्छन् ।