• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   बालुवाटारमा सत्तारुढ दल र कांग्रेसबीच छलफल जारी ★   नेपाली काँग्रेस संसदलाई मुठभेडमा लैजान चाहन्छः एमाले ★   भोलिसम्म राजनीतिक गत्यावरोधले निकास पाउँछः प्रधानमन्त्री ★   राष्ट्रिय राजनीतिमा तमासा हेरिरहेका छौँः अध्यक्ष नेपाल ★   प्रधानमन्त्रीलाई काँग्रेस नेता कोईरालाको प्रश्नः कति पटक विश्वासको मत लिनुहुन्छ ? ★   आईपीएलमा आजः को पुग्ला प्लेअफमा, चेन्नई कि बैंगलोर ? ★   सडकमा एक्लै घुम्न चाहन्छन् कोहली, तर फ्यानहरुले घेर्छन् भनेर डरले… ★   बेलायती प्रधानमन्त्रीले पहिलोपटक टेन डाउनिङमा नेपाली समुदायलाई सम्बोधन गर्दै ★   एक सय दुई वर्षमा आँखाको ज्योति फर्किएपछि… ★   संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे

तमू ल्होसारमा प्रधानमन्त्री प्रचण्ड– फोटोफिचर



काठमाडौं । काठमाडौंको टुँडिखेलमा गुरुङ राष्ट्रिय परिषद् काठमाडौंले तमू ल्होसारमा आयोजना गरेको विशेष कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनुभएको छ । शुक्रबार काठमाडौंको टुँडिखेलमा आयोजित उक्त कार्यक्रममा प्रधानमन्त्री प्रमुख अतिथिको रूपमा सहभागी हुनुभएको हो ।

उहाँले इमान्दारिता, लगन, निष्ठा, वीरता र बलिदानको कीर्तिमानका कारण तमू समूदायको पहिचान नेपालमा मात्रै नभई विश्वभर फैलिएको पनि स्पष्ट पार्नु भयो । तमू समूदायले आर्जन गरेको वीरता र बलिदान नेपाल राष्ट्र र नेपाली जनताका लागि गर्वको विषय भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले त्यसको सम्मान गर्ने कामलाई सरकारले प्राथमिकता राख्ने समेत बताउनु भयो ।

उहाँले तमू समूदाय विश्वभर इमान्दारिता, निष्ठा, त्याग, बलिदान र समर्पणको पर्यायको रुपमा स्थापित भएको समेत स्मरण गराउनु भयो ।
त्यस अवसरमा प्रधानमन्त्री दाहालले तमू ल्होसारका लागि सरकारले गर्दै आएको आर्थिक सहयोग बढाउने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले तमू ल्होसारको कार्यक्रममा विशेष सुरक्षा व्यवस्था मिलाउन पनि सुरक्षाकर्मीहरुलाई निर्देशन दिनुभयो ।

समारोहमा तमू समूदायले आफ्नो संस्कृति झल्कने खालका झाँकीहरुसहितको नृत्य प्रस्तुत गरेका थिए । प्रधानमन्त्री दाहालले तमू समूदायको सांस्कृतिक झाँकीलाई जीवन बाँच्ने राष्ट्रिय पहिचानको मौलिक परम्पराको रुपमा चित्रण गर्नु भएको थियो ।