५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आमाको दीप प्रज्वलनको २ घण्टापछि काममा फर्किए मोदी



भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ।
अ+ अ-

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नी आमा हिराबेनको अन्तिम संस्कार गरेपछि काममा फर्किएका छन् । अहमदाबादमा बिहान ९ः५५ बजे उनले आमालाई दागबत्ती दिएका थिए ।

त्यसपछि अहमदाबादबाटै भिडियो कन्फरेन्समार्फत बंगालमा आयोजना गरिएको कार्यक्रममा उनी सहभागी भए । उनले हावडा–न्यु जलपाईगुडी वन्दे भारत ट्रेनलाई झण्डा पनि देखाए ।

कार्यक्रममा सहभागी पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले मोदीकी आमाको निधनमा शोक व्यक्त गरेकी छन् । उनले भनेकी छन्, ‘यो दिन तपाईको लागि पीडादायी छ । तपाईँको आमा भनेको हाम्रो आमा पनि हो । भगवानले तपाईलाई आफ्नो काम जारी राख्ने शक्ति प्रदान गरून् । म तपाईलाई केहि आराम गर्न अनुरोध गर्दछु ।’