४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत

गृहमन्त्री प्रहरी मुख्यालयमा : सरुवा, बढुवाका लागि नेताको घर गए कारबाही गर्छु -फोटो फिचर

गृहमन्त्री प्रहरी मुख्यालयमा : सरुवा, बढुवाका लागि नेताको घर गए कारबाही गर्छु -फोटो फिचर
अ+ अ-

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सरुवा, बढुवाका लागि नेताहरुको घर पुगेको थाहा पाए कारबाही गर्ने बताउनुभएको छ ।

गृहमन्त्री बनेपछि पहिलो पटक निरीक्षण गर्न प्रहरी प्रधान कार्यालय नक्साल पुग्नुभएका उहाँले प्रहरी कर्मचारीको सरुवा र बढुवा मापदण्डभन्दा बाहिर गएर नगरिने उल्लेख गर्नुभयो ।

“सरुवा र बढुवाको कुरा लिएर नेताको घरमा जाने कुरा अन्त्य गरिनेछ, हाम्रो भन्दा पनि राम्रो मान्छे प्राथमिकतामा पर्नेछन्”, उहाँले भन्नुभयो । राम्रो काम गर्नेलाई पुरस्कृत गरिने र आचरणविपरीत काम गर्नेलाई दण्डित गरिने उहाँको भनाइ थियो ।

उहाँले हिजोका दिनमा जे जे भए पनि आगामी दिनमा कसैले कानूनविपरीतका क्रियाकलाप नगरुन् भन्दै विकृति र विसंगति अन्त्य गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रहरीभित्रका विकृति आफूले राम्ररी बुझेको उहाँको भनाइ थियो ।

आफूले कसैलाई दबाब नदिने र कानूनअनुसार मात्र काम गर्ने भन्दै उहाँले प्रहरीको सेवा, सुविधा, रासन र तलब स्केल सबैको पुनरावलोकन गरिने जानकारी दिनुभयो ।

सो अवसरमा प्रहरी महानिरीक्षक धीजप्रताप सिंहले प्रहरीमा सरुवा बढुवाका लागि मापदण्ड समेत बनाइएको र त्यसलाई अक्षरशः पालना गरिने जानकारी दिनुभयो ।