२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईएमइआई रजिस्ट्रेसन प्रक्रिया अनुसार नै मोवाईल रजिस्ट्रेसन हुने:प्राधिकरण -सुचना सहित



अ+ अ-

काठमाडौं ।नेपाल दूरसंञ्चार प्राधिकरणले आईएमइआई रजिस्ट्रेसन प्रक्रिया अनुसार नै मोवाईल रजिस्ट्रेसन हुने जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट फर्केका नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काललाई कार्यान्वयन नगर्न आज अर्थमन्त्री बिष्णु पौडेललाई लाई निर्देशन दिनुभएको थियो ।

प्रधानमन्त्रीको निर्देशन पछि अर्थमन्त्री पौडेलले नेपाल दूरसंञ्चार प्राधिरकणलाई पूर्ववत अबस्था अनुसार नै कार्य गर्न निर्देशन दिएपछि प्राधिरकणले नयाँ नियम तत्काल कार्यन्वयन नगर्ने भएको हो ।

प्राधिकरणले जारी गरेको सुचनामा भनिएको छ- मोवाईल सेटको गैर कानुनी आयात , बिक्रि बितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न , चोरी भएका तथा हराएका मोवार्ईल सेटको ट्रयाकिङ व्लकिङ गर्न नेपाल दूरसंञ्चार प्राधिकरणले सञ्चालनमा ल्याएको Mobile Device Management System (MDMS) मा बिदेशबाट आउने नेपालीहरुले निजि प्रयोगका लागि आफ्नो साथमा ल्याएका मोवाईल सेटहरुको IMEI रजिस्ट्रेसन सम्बन्धमा सेवाग्राहीको पृष्ठपोषण र दर्ता प्रक्रिया सरलीकरण गर्न निर्देशन भए अनुसार अर्को सुचना प्रकाशन नहुञ्जेल सम्मको लागि पूर्वत रुपमा हुदै आएको क्ष्mभष् रजिस्ट्रेसन प्रक्रिया अनुसार नै रजिस्ट्रेसन हुने व्यहोरा जानकारी गराईन्छ ।