२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईएमइआई रजिस्ट्रेसन प्रक्रिया अनुसार नै मोवाईल रजिस्ट्रेसन हुने:प्राधिकरण -सुचना सहित



अ+ अ-

काठमाडौं ।नेपाल दूरसंञ्चार प्राधिकरणले आईएमइआई रजिस्ट्रेसन प्रक्रिया अनुसार नै मोवाईल रजिस्ट्रेसन हुने जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट फर्केका नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काललाई कार्यान्वयन नगर्न आज अर्थमन्त्री बिष्णु पौडेललाई लाई निर्देशन दिनुभएको थियो ।

प्रधानमन्त्रीको निर्देशन पछि अर्थमन्त्री पौडेलले नेपाल दूरसंञ्चार प्राधिरकणलाई पूर्ववत अबस्था अनुसार नै कार्य गर्न निर्देशन दिएपछि प्राधिरकणले नयाँ नियम तत्काल कार्यन्वयन नगर्ने भएको हो ।

प्राधिकरणले जारी गरेको सुचनामा भनिएको छ- मोवाईल सेटको गैर कानुनी आयात , बिक्रि बितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न , चोरी भएका तथा हराएका मोवार्ईल सेटको ट्रयाकिङ व्लकिङ गर्न नेपाल दूरसंञ्चार प्राधिकरणले सञ्चालनमा ल्याएको Mobile Device Management System (MDMS) मा बिदेशबाट आउने नेपालीहरुले निजि प्रयोगका लागि आफ्नो साथमा ल्याएका मोवाईल सेटहरुको IMEI रजिस्ट्रेसन सम्बन्धमा सेवाग्राहीको पृष्ठपोषण र दर्ता प्रक्रिया सरलीकरण गर्न निर्देशन भए अनुसार अर्को सुचना प्रकाशन नहुञ्जेल सम्मको लागि पूर्वत रुपमा हुदै आएको क्ष्mभष् रजिस्ट्रेसन प्रक्रिया अनुसार नै रजिस्ट्रेसन हुने व्यहोरा जानकारी गराईन्छ ।