१४ भाद्र २०८३, आईतवार
,
Latest
अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाडो छल्न विद्यालय बिदा



अ+ अ-

महोत्तरी । जाडोपछि महोत्तरीका विद्यालयमा बिदा दिन थालिएको छ । तीन दिनयता जिल्लाका सबैजसो भेगमा दिनभरि नै बाक्लो हुस्सु लागेर मुटु कमाउने सिरेटो लगातार बहिरहेपछि स–साना बालबालिकाको स्वास्थ्यलाई ख्याल गर्दै जाडो बिदा दिन थालिएको हो ।

मनराशिशवा नगरपालिकाले नगर क्षेत्रका सबै विद्यालयमा जाडो बिदा दिएको छ । “घाम नदेखिएको तीन दिन भइसक्यो, दिनभरि चिसो स्याँठ चल्छ”, मनराशिशवाका प्रमुख मोहन पाण्डेले भने । शुक्रबारसम्म बिदा दिइएको छ । नगरपालिकामा आधारभूत र मावि तहका गरी १६ विद्यालय छन् ।

जिल्लाका अन्य १४ स्थानीय तहका विद्यालयमा पनि अधिकांश विद्यार्थी चिसोका कारण विद्यालय आउन छाडेका छन् । केही दिनयता विद्यार्थीको उपस्थिति ह्वात्तै घटेको छ । मौसममा सुधार नभए केही दिन बिदा दिने तयारी भएको सो नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले बताए । मनराशिशवा नगरपालिकाले बस्तीबस्तीका चोकमा दाउराको व्यवस्था गरेको छ ।

यसैगरी मटिहानी नगरपालिकाले नौवटै वडाका बस्तीमा ‘सुनौलो हजार दिन’ (गर्भवती अवस्थादेखि शिशु स्याहारसम्म चरणको अभियानमा आबद्ध) आमालाई पोषिलो आहारसहितको झोला वितरण सुरु गरेको छ । नगरभित्रका पाँच सय जना ‘सुनौलो हजार दिन’ अभियानमा आबद्ध आमा छन् । नगरपालिकाले मधेस प्रदेश स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयको सहयोगमा नगर क्षेत्रका स्वास्थ्यचौकीमार्फत आमाहरूलाई पोषिलो आहारसहितको झोला वितरण गरेको हो । झोलामा एक–एक किलोग्राम परिमाणमा मिठो दलिया, दाल मिश्रित खिचड़ी र स्पेशल खिर सुपर प्लससहितका खाद्य परिकार दिइएको छ ।

यसैबीच बढ्दो चिसोलाई मध्यनजर गर्दै जिल्ला विपद् व्यवस्थापन समितिले प्रकोप हुन नदिन पूर्वतयारीका काम थालेको छ ।

यसक्रममा गरिब बस्तीमा आवश्यक न्यानो कपडाको बन्दोबस्त, आगो बाल्ने दाउरा र स्वास्थ्य जाँच एवं उपचारका लागि विभिन्न सामाजिक सङ्संस्था तथा स्थानीय तहको समन्वयमा जनशक्ति व्यवस्थापनको पूर्वतयारी थालिएको समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले जानकारी दिए ।