२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

भीमदत्तको बर्थिङ सेन्टर सञ्चालनले स्थानीयवासी भारत जानुपर्ने झन्झट हट्यो

भीमदत्तको बर्थिङ सेन्टर सञ्चालनले स्थानीयवासी भारत जानुपर्ने झन्झट हट्यो
अ अ+ अ-

कञ्चनपुर । भीमदत्त नगरपालिका– ९ ब्रम्हदेवमा चौबिसै घन्टा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि स्थानीयवासी महिलालाई भारतीय निकटवर्ती बजारका अस्पतालमा प्रसूतिका लागि पुग्नुपर्ने झन्झट हटेको छ ।

गाँउमै बर्थिङ सेन्टर सञ्चालन भएपछि महिलालाई सुरक्षित रुपमा प्रसूति हुनका लागि सहज भएको हो । प्रसूति सेवाका लागि नगरपालिकाले औषधि, आवश्यक औजार र उपकरणसहित दक्ष जनशक्तिको बर्थिङ सेन्टरमा व्यवस्था मिलाएको छ । 

“गाउँमा बर्थिङ सेन्टर नहँुदा प्रसूति हुने महिलालाई घरपरिवारले साइकल र मोटरसाइकलमा बोकेर भारतीय निकटवर्ती टनकपुरस्थित अस्पतालमा पु¥याउँदै आएका थिए”, स्थानीयवासी अनिता बुढाले भन्नुभयो, “सीमा क्षेत्रमा तैनाथ भारतीय सुरक्षाकर्मीको खप्की खानुपर्ने अर्को बाध्यता थियो । अस्पतालमा चर्को शुःल्कसमेत लिइने गरेको उहाँ बताउनुहुन्छ । अस्पताल पुर्‍याउन ढिला हुँदा ज्यान जाने जोखिमसमेत थियो । बर्थिङ सेन्टर सञ्चालनमा आएसँगै ती सबै समस्या हटेर गएको उहाँले बताउनुभयो । 
 
नगर प्रमुख सुरेन्द्र विष्टले बर्थिङ सेन्टरबाट खल्लामछेट्टी, टुँडिखेल, सन्तनगर, ब्रम्हदेव, तिलकेनीसहितका बासिन्दाले सहज रुपमा सेवा पाउने जानकारी दिनुभयो । “सीमावर्ती क्षेत्रका बासिन्दाले विगतमा भारतका अस्पतालमा सेवा लिनका लागि जानु पर्दथ्यो”, उहाँले भन्नुभयो, “अब भारतीय छिमेकी शहर टनकपुरका बासिन्दाले समेत बर्थिङ सेन्टरबाट लाभ लिन सक्छन् ।” बर्थिङ सेन्टर सञ्चालनसँगै दुर्गम क्षेत्रका जनताको स्वास्थ्य सेवामा पहुँच बढेको छ । शहरी स्वास्थ्य केन्द्र व्यवस्थापन गरी नगरपालिकाले प्रसूति सेवा सञ्चालन गरेको छ । रासस